News Portal

नुवाकोट कांग्रेस जोड्न सेतुको काम गर्दै थापा

कर्ण अधिकारी
७४२ पटक

नुवाकोट। बिगतका बर्षहरूमा झै यस पटक पनि नेपाली कांग्रेसका यूवा नेता एवं ब्यबसायी प्रलाद थापाले ५०० भन्दामाथि कांग्रेस कार्यकर्ताहरूको साथमा झर्ना पार्टी प्यालेस झोरमा भब्यताको साथ जन्मदिन मनाए।

जन्मदिनको कार्यक्रममा सधै नुवाकोट कांग्रेसमा दुई धार बनाउदै अगाडी बढि रहनु भएका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी, रमेश कुमार महत र छुट्टै धार सृजित गर्नुपर्छ भन्दै राजनिति गर्दै अगाडी बढ्दै गरेका तरूण दल केन्द्रिय सदस्य संजीव गुरूङ र तरूणका केन्द्रिय अध्यक्ष बिद्वान गुरूङ र नुवाकोटका यूवा नेता उत्तम पाठकको उपस्थिति रहेको थियो।


निस्वार्थ भावनाले यसरी आफ्नो जन्मदिनमा कांग्रेसीहरू जम्मा गराएर देशको र जिल्लाको राजनिति र बिकासको बिषयमा जमघट र छलफल गराउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

मृदुभाषी स्वभावका थापा सबैसंग समान ब्यबहार गर्ने भएर पनि होला यूवा पिढीका अधिकाशं भाईहरूको उपस्थिले पनि थापा के र को हो भन्ने झल्काउछ। शिवपुरी यातायात प्रालिका अध्यक्षसमेत रहेका थापाको कार्यक्रममा शिवपुरी यातायातमा आबद्ध भएका ब्यबसायीहरूको पनि उपस्थिति रहेको थियो।

नुवाकोट कांग्रेसमा सधै गुटगत राजनिति गर्दै आउनु भएका नेताद्वय केसी र महतलाई दायाँबाँया राखेर जन्मदिन मनाउदा कार्यकर्ताहरूमा समेत खुशी छाएको थियो। उक्त कार्यक्रममा पारीवारीक जमघट समेत रहेको थियो।

प्रतिकृया दिनुहोस्

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...