News Portal

  • कांग्रेसले समझदार नेता भनेपछि माधवले फुर्किँदै भने, कम्युनिष्टहरुमा पो बुद्धि छैन त !

    हिमालीसंचार संवाददाता
    ३७७ पटक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टहरुमा पछि चेत आउने गरेको टिप्पणी गरेका छन्।

    आज (मंगलबार) नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुमा ज्यादा अहंकार रहेको बताए।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई कार्यक्रममा उद्घोषकदेखि वक्तासमेतले शालिन, समझदार, सहज व्यक्तित्वको संज्ञा दिएका थिए।

    कांग्रेसको कार्यक्रममा आफूलाई विभिन्न उपमा दिएर सम्बोधन गरिएसँगै उनले कम्युनिष्टहरुको सबैभन्दा बढी गालीगलौज हुने गरेको बताए।

    एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘समझदार नेता, धन्यवाद छ तपाईँहरुलाई। मिलेपछि प्रमुख बन्न पाइन्छ भनेर देखाउनुभयो। कम्युनिष्टहरुमा पो बुद्धि छैन अझै। कम्युनिष्टहरुकाे चेत पछि आउँदोरहेछ। अहंकार ज्यादा आउँदोरहेछ। विनम्र होउँ। यहाँ नै सबैभन्दा बढ्ता गाली गलौज हुन्छ,’– उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...