News Portal

कांग्रेसले समझदार नेता भनेपछि माधवले फुर्किँदै भने, कम्युनिष्टहरुमा पो बुद्धि छैन त !

हिमालीसंचार संवाददाता
४४८ पटक

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टहरुमा पछि चेत आउने गरेको टिप्पणी गरेका छन्।

आज (मंगलबार) नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुमा ज्यादा अहंकार रहेको बताए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई कार्यक्रममा उद्घोषकदेखि वक्तासमेतले शालिन, समझदार, सहज व्यक्तित्वको संज्ञा दिएका थिए।

कांग्रेसको कार्यक्रममा आफूलाई विभिन्न उपमा दिएर सम्बोधन गरिएसँगै उनले कम्युनिष्टहरुको सबैभन्दा बढी गालीगलौज हुने गरेको बताए।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘समझदार नेता, धन्यवाद छ तपाईँहरुलाई। मिलेपछि प्रमुख बन्न पाइन्छ भनेर देखाउनुभयो। कम्युनिष्टहरुमा पो बुद्धि छैन अझै। कम्युनिष्टहरुकाे चेत पछि आउँदोरहेछ। अहंकार ज्यादा आउँदोरहेछ। विनम्र होउँ। यहाँ नै सबैभन्दा बढ्ता गाली गलौज हुन्छ,’– उनले भने।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...