News Portal

  • परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

    हिमालीसंचार संवाददाता
    २६६ पटक

    दिल्ली। छिमेकी राष्ट्र भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो।

    भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित, सहकार्य तथा सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

    मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरकै निमन्त्रणामा ६ दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

    आइतबार दिउँसो नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका अधिकारीहरूसँगै भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए। मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ४ गतेको राशिफल

    आज कार्तिक ४, २०८२ (अक्टोबर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे...

    कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

    (प्रतीकात्मक फाईल तस्बिर।) कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर...

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

    काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको...

    कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको...