News Portal

लुम्बिनी एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, गएनन गिरी

हिमालीसंचार संवाददाता
३१९ पटक

.लुम्बिनी। नेकपा एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्।

मुख्यमन्त्रीको निवास बुटवलमा शनिबार प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो।

यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि संसदीय दलको नेता चयन गरिएको हो।

यस्तै बैठकले दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। दलका नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन्।

चौधरी यसअघि पनि प्रमुख सचेतक थिए। सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन्।

मुख्यमन्त्रीका लागि दावी पेश गर्न निवेदन तयार गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले गिरीको ठाउँमा आचार्यको नाम लेख्न भनेपछि गिरी रुष्ट भएर प्रदेश प्रमुखको कार्यालयमा नगई घर फर्केका थिए। गिरी शनिबारको संसदीय दलको वैठकमा समेत उपस्थित भएनन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...