News Portal

  • लुम्बिनी एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, गएनन गिरी

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    .लुम्बिनी। नेकपा एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्।

    मुख्यमन्त्रीको निवास बुटवलमा शनिबार प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो।

    यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि संसदीय दलको नेता चयन गरिएको हो।

    यस्तै बैठकले दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। दलका नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन्।

    चौधरी यसअघि पनि प्रमुख सचेतक थिए। सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन्।

    मुख्यमन्त्रीका लागि दावी पेश गर्न निवेदन तयार गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले गिरीको ठाउँमा आचार्यको नाम लेख्न भनेपछि गिरी रुष्ट भएर प्रदेश प्रमुखको कार्यालयमा नगई घर फर्केका थिए। गिरी शनिबारको संसदीय दलको वैठकमा समेत उपस्थित भएनन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

    काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा...

    गोरखामा भदौ महिनामै दशैं मनाइयो

    गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै...

    दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान...

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...