News Portal

एमाले नेता रिजालको कटाक्ष- गगन र विश्वप्रकाशलाई देउवा फेरि प्रधानमन्त्री हुने पीर छ !

हिमालीसंचार संवाददाता
२८८ पटक

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई सरकार र दुई दलको समीकरणबारे अनावश्यक चिन्ता नलिन सुझाएका छन्।

उनले बुधबार एक्स (ट्विटर)मार्फत् कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकार र सत्ता समीकरणबारे अनावश्यक चिन्ता नलिन भनेका हुन्।

महामन्त्रीद्वयले आफ्नो पार्टीमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सरकारबारे अनावश्यक चिन्ता लिन थालेको रिजालको भनाइ थियो।

‘हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो, आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ,’ रिजालले भनेका छन्, ‘आफ्नै पार्टीमा भनेको कुनै काम गर्न-गराउन नसक्ने नेताले सरकार र समीकरणबारे अनावश्यक चिन्ता नगरेकै बेस होला।’

उनले महामन्त्री थापा र शर्मालाई कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले सताएको पनि टिप्पणी गरेका छन्।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ रिजालले भनेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...