News Portal

नेपाली जनसम्पर्क समिती मकाउले मनायो १०औं बार्षिकोत्त्सव

नबराज पराजुली
६१३ पटक

मकाउ। जनसम्पर्क समिती मकाउले आफ्नो दशौं बार्षिकोत्सव सफलतापुर्वक मनाएको छ। ४ अगस्टमा मकाउको ताईपास्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको कार्यक्रममा मकाउस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो।

चीनको स्वसाशित राज्य मकाउको सांसद जोसे परेरा कौन्टिन्हो तथा अर्का सकृय राजनीतिज्ञ रिता सान्तोसको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा जनसम्पर्क समितीको कार्यसमिती तथा वर्तमान सरकारमा रहेको पार्टी नेपाली कांग्रेसको युवा संघठन तरुण दल नेपालको केन्द्रिय अध्यक्ष (सभापति) विद्वान गुरुङका पिता तथा जनसम्पर्क समिती हङकङका पुर्व सभापति देव गुरुङ, जनसम्पर्क समिती हङकङका प्रमुख सल्लाहकार मिन बहादुर गुरुङ, जनसम्पर्क समिती मकाउका संरक्षक सल्लाहकार सुदर्शन थापामगर, जनसम्पर्क मकाउकै पुर्व सभापति तथा सल्लाहकार चण्डी योङ्यालगायत मकाउमा आवद्द जनजाती महासंघ, किरात राई यायोख्खा, तमु समाज, मगर संघ, तामाङ घेदुङ संघलगायतका संस्थाहरुको उपस्थिती रहेको कार्यक्रमलाई स्थानीय टिभी संचार TDM Chanel Macau ले मिडिया कभरेज दिएको थियो।

त्रिपक मगर, पार्वती राई लिम्बु, संगिता खनाल र सुमन रेग्मी लगायतको स्थानीय कलाकारको सांगितिक प्रस्तुती माझ सम्पन्न कार्यक्रममा कोभिड पुर्व र वर्तमानमा मकाउस्थित नेपालीहरुको अवस्था, चुनौती र जनसम्पर्क समितीको भुमिकाबारे समितीकी सभापति निर्मला रानामगरले स्टेज संबोधन र मिडियालाई जानकारी गराउनुभएको थियो।

प्रवासमा बसेर स्वदेशको चिन्ता संगै देशको हितको लागि गर्नुपर्ने तथा गर्न सकिने अनेक कार्यहरुबारे आफ्नो चिन्ता र सुझाव व्यक्त गर्दै संरक्षक तथा सल्लाहकार सुदर्शन थापामगरले मकाउ स्थित कार्यरत नेपालीहरुको हकहितको निमित्त पनि आफुले हरसंभव लगातार सम्बन्धित संघसंथा र निकायहरुसंग परामर्श र सहकार्य गरिरहेको बताएका थिए।

स्थानीय सासंद जोसे परेरा कौन्टिन्हो तथा अर्की नेतृ रिता सान्तोसले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु नेपाली समुदाय संग अत्यन्तै सन्तुस्ट रहेको र बिगत लामो समय देखि नेपाली समुदायले मकाउको विकास र स्तर-उन्नतिमा दिदै आईरहेको उच्च योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै नेपाल-मकाउबीच श्रम सम्झौता र कुटनीतिक सम्बन्ध स्थापनाको लागि पहल गर्ने बारे पनि आश्वासन दिएका थिए।

साथै, मकाउमा कुनै प्रकारको श्रम या अन्य कानुनी समस्या आईपरे उचित परामर्श र सहयोगको लागि मकाउमा कार्यरत नेपालीहरुको लागि आफ्नो कार्यलय सदैव खुल्ला रहने जानकारी पनि गराए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...