News Portal

  • नेपाली जनसम्पर्क समिती मकाउले मनायो १०औं बार्षिकोत्त्सव

    नबराज पराजुली
    ४९९ पटक

    मकाउ। जनसम्पर्क समिती मकाउले आफ्नो दशौं बार्षिकोत्सव सफलतापुर्वक मनाएको छ। ४ अगस्टमा मकाउको ताईपास्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको कार्यक्रममा मकाउस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो।

    चीनको स्वसाशित राज्य मकाउको सांसद जोसे परेरा कौन्टिन्हो तथा अर्का सकृय राजनीतिज्ञ रिता सान्तोसको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा जनसम्पर्क समितीको कार्यसमिती तथा वर्तमान सरकारमा रहेको पार्टी नेपाली कांग्रेसको युवा संघठन तरुण दल नेपालको केन्द्रिय अध्यक्ष (सभापति) विद्वान गुरुङका पिता तथा जनसम्पर्क समिती हङकङका पुर्व सभापति देव गुरुङ, जनसम्पर्क समिती हङकङका प्रमुख सल्लाहकार मिन बहादुर गुरुङ, जनसम्पर्क समिती मकाउका संरक्षक सल्लाहकार सुदर्शन थापामगर, जनसम्पर्क मकाउकै पुर्व सभापति तथा सल्लाहकार चण्डी योङ्यालगायत मकाउमा आवद्द जनजाती महासंघ, किरात राई यायोख्खा, तमु समाज, मगर संघ, तामाङ घेदुङ संघलगायतका संस्थाहरुको उपस्थिती रहेको कार्यक्रमलाई स्थानीय टिभी संचार TDM Chanel Macau ले मिडिया कभरेज दिएको थियो।

    त्रिपक मगर, पार्वती राई लिम्बु, संगिता खनाल र सुमन रेग्मी लगायतको स्थानीय कलाकारको सांगितिक प्रस्तुती माझ सम्पन्न कार्यक्रममा कोभिड पुर्व र वर्तमानमा मकाउस्थित नेपालीहरुको अवस्था, चुनौती र जनसम्पर्क समितीको भुमिकाबारे समितीकी सभापति निर्मला रानामगरले स्टेज संबोधन र मिडियालाई जानकारी गराउनुभएको थियो।

    प्रवासमा बसेर स्वदेशको चिन्ता संगै देशको हितको लागि गर्नुपर्ने तथा गर्न सकिने अनेक कार्यहरुबारे आफ्नो चिन्ता र सुझाव व्यक्त गर्दै संरक्षक तथा सल्लाहकार सुदर्शन थापामगरले मकाउ स्थित कार्यरत नेपालीहरुको हकहितको निमित्त पनि आफुले हरसंभव लगातार सम्बन्धित संघसंथा र निकायहरुसंग परामर्श र सहकार्य गरिरहेको बताएका थिए।

    स्थानीय सासंद जोसे परेरा कौन्टिन्हो तथा अर्की नेतृ रिता सान्तोसले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु नेपाली समुदाय संग अत्यन्तै सन्तुस्ट रहेको र बिगत लामो समय देखि नेपाली समुदायले मकाउको विकास र स्तर-उन्नतिमा दिदै आईरहेको उच्च योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै नेपाल-मकाउबीच श्रम सम्झौता र कुटनीतिक सम्बन्ध स्थापनाको लागि पहल गर्ने बारे पनि आश्वासन दिएका थिए।

    साथै, मकाउमा कुनै प्रकारको श्रम या अन्य कानुनी समस्या आईपरे उचित परामर्श र सहयोगको लागि मकाउमा कार्यरत नेपालीहरुको लागि आफ्नो कार्यलय सदैव खुल्ला रहने जानकारी पनि गराए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

    काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको...

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक...

    बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

    काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित...

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय...

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...