News Portal

हामी विजय मुडमा छौँ, सामाजिक सञ्जालमा आउने गाली ह्वात्तै घट्यो : प्रचण्ड

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छाड्दै गर्दा आफूहरू विजयी मुडमा भएको बताएका छन्। प्रतिनिधिसभाको सबैभन्दा दुई ठूला दल मिले पनि कसैले समर्थन नगरेको उनको जिकिर छ।

खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको बुधवारको भेटमा उनले भने, ‘देशभरि मैले सुनेको छु, हामी सरकार छाड्दै गर्दा विजयी मुडमा छौँ, हामी जितेको जस्तो, हामी आक्रामक भएर प्रस्तुत हुने ठाउँ छ। हाम्रो मनोबल उच्च छ। दुई वटा ठूला ठूला पार्टी मिलेर १९४ सीट ल्याएकाहरुको हालत हेर्नुभयो भने पूरै रक्षात्मक, कहीँ कसैको समर्थन पनि छैन।’

उनले आफू नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरेकै कारणले सामाजिक सञ्जालमा गाली गर्नेको संख्या घटेको सुनाए।

उनले थपे, ‘साथीहरूको कुरा सुन्दै छु सामाजिक सञ्जालमा हामीलाई गाली गर्नेहरू संख्या ह्वात्तै घटेको छ। यो नयाँ सरकारप्रति जनताको कुनै आशा भरोषा बिल्कुल छैन। यो हाम्रो लागि संगठन बलियो बनाउने अवसर हो। त्यसैले युवा साथीहरूले आआफ्नो ठाउँबाट बल गरौँ। संगठनलाई बलियो बनाउने कुरामा आआफ्नो ठाउँबाट मेहनत गर्नुहोला।’

सामाजिक न्याय र सुशासनको पक्षमा सरकार अघि बढेपछि कांग्रेस र एमाले अप्राकृतिक ढंगले मिलेको आरोप लगाए।

उनले भने, ‘सरकारले नयाँ रेकर्ड हुँदा बनाउँदै जाँदा सदनमा भएको पहिलो र दोस्रो पार्टी अप्राकृतिक ढंगले मिले। प्राय मिल्दैनन् त्यसरी, केले मिलायो भन्ने कुरा मैले सदनमा भनिसके, डरले मिलायो, सुशासनको डरले। सुशासन कायम गर्ने कुराले डर पैदा भयो।’

सरकारबाट बाहिरिएपछि संगठन विस्तार र सुदृढ गर्ने आधार बनेको बताए।

उनले भने, ‘अब हामीले यही आधारलाई टेकेर संगठन सुदृढ बनाउने, विस्तार गर्ने, युवाहरूमा संगठन फैलाउने राम्रो वातावरण बनेको छ। त्यसैगरी जानुपर्छ। हामीले गरेका राम्रा काम अब जनताकहाँ पुर्याउनुपर्यो। सदनमा मैले बोलेको र हामीले गरेको राम्रो कामको छुट्टै निकालेर युवाहरूमाथि पुर्‍याउनुपर्छ। हाम्रो कहीँ न कहीँ कडी टुटेको थियो। अब त्यो कमजोर कडीलाई बलियो बनाउने आधार बनेको छ।’

उनले जनताले पाएको आधिकारलाई खोसेर फेरि निरंकुशतातिर जाने प्रयास भइरहेको बताए। कांग्रेस एमाले मिलेर पश्चगमनको षड्यन्त्र सुरु भएकाले त्यसको विरुद्ध माओवादीले हुंकार गर्नुपर्ने बताए।

कांग्रेस एमालेलाई जनताको वैरीको संज्ञा दिँदै प्राप्त अधिकार र उपलब्धि खोस्न खोजेको जिकिर गरे।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...