News Portal

प्रचण्ड र रविलाई फाइल खोल्न एमालेले रोकेको थिएन : ज्ञवाली

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौं। नेकपा एमालेले कुनै पनि भ्रष्टाचारका फाइल खोल्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कसैले नरोकेको टिप्पणी गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेले अनावश्यक स्टन्ट गरिरहेको बताएका छन्।

‘प्रचण्ड आफैँ १९ महिनादेखि सरकारमा हुनुहुन्छ। उहाँलाई कुनै पनि फाइल खोल्न कसैले रोकेको थिएन’, उनले भने, ‘रविजी (उपप्रधान तथा गृहमन्त्री) अघिल्लो पटक २ महिना र यो पटक ४ महिना सत्तामा बसिसक्नु भएको छ। उहाँलाई पनि हामी कसैले फाइल नखोल्नु भनेका थिएनौँ। हामी त कहिले फाइल खुल्छ भनेर कुरेर बसेका थियौँ।’

ज्ञवालीले प्रचण्ड र रवि दुवैजना आफ्नो कार्यकालमा असफल भइसकेको टिप्पणी गरे। ‘उहाँहरू असफल भएपछि फाइल खोल्न दिएनन् भनेर गरिएको बहाना मात्रै हो यो’, उनले भने, ‘हामी त कुन दिन फाइल पल्टिन्छ भनेर टैलिभिजन खोलेर बसेका छौँ, टेलिभिजनमा हेरेका हेर्यै छौँ। त्यसैले असफल भइसकेपछि यो सबै स्टन्ट हो।’

ज्ञवालीले जुनसुकै फाइल खुलेपनि आफूहरूले कुनै अवरोध नगरेको दाबी पनि गरेका छन्। ‘हामीले उहाँहरूलाई कुनै पनि कुरामा रोकेका थिएनौँ’, उनले भने, ‘पब्लिक स्टन्टका लागि उहाँहरू हल्ला गरिरहनु भएको छ। खासमा उहाँहरू असफल भइसकेपछि आएका कुरा हुन् यी।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...