News Portal

नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई कुवेत आउँदै

हिमालीसंचार संवाददाता
३२० पटक

कुवेत। नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन।

खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज तथा परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापा संम्बोधन गर्न आउने आयोजकले जानकारी दिएको छ।

प्रवासी नेपाली मंञ्च प्रवास संगठन ३७ वटा देशमा राष्ट्रिय कमिटी रहेको मञ्च कुवेतका सचिव शंकर पौडेलले जानकारी दिए।

प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीकोसमेत उपस्थिति रहने बताइएको छ। उक्त दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत रहने बताइएको छ।

कुवेतको नेपाली समाजमा सन २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमालेसंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...