News Portal

नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई कुवेत आउँदै

हिमालीसंचार संवाददाता
३९० पटक

कुवेत। नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन।

खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज तथा परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापा संम्बोधन गर्न आउने आयोजकले जानकारी दिएको छ।

प्रवासी नेपाली मंञ्च प्रवास संगठन ३७ वटा देशमा राष्ट्रिय कमिटी रहेको मञ्च कुवेतका सचिव शंकर पौडेलले जानकारी दिए।

प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीकोसमेत उपस्थिति रहने बताइएको छ। उक्त दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत रहने बताइएको छ।

कुवेतको नेपाली समाजमा सन २०१२ मा स्थापना भएको प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमालेसंग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...