News Portal

प्रचण्डलाई स्वास्थ्य र वन मन्त्रालयको पनि जिम्मेवारी

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन्।

स्वास्थ्यमन्त्री प्रदीप यादव, वन मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।

उनीहरूको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेका हुन्।

यसअघि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि ८ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैले सम्हालिरहेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...