News Portal

प्रचण्ड सरकार हुण्डी कारोबारमा संलग्न रहेको प्रभु साहको आरोप

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन्।

कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको जिकिर थियो।

उनले भने, ‘हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ। सरकार आफै हुण्डी कारोबारमा संलग्न छ।’

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए।

उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए।

‘सरकार उच्च ओहोदाका मान्छेहरु हुण्डी कारोबारमा संलग्न छन्। मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन्। ‘ उनले भने।

अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘बैंकहरु आफैं अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन्। र, नेपाल यसरी बर्बाद हुँदैछ। राजस्व दिनदहाडै छली हुन्छ। भन्सार छली हुण्डीकै कारण भएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...