News Portal

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट, तत्काल उपत्यका नछाड्न निर्देशन

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौँ। नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको कसरत चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्।

बैठक साँझ ६ बजे अध्यक्ष ओलीले बालकोट बोलाएको उच्च स्रोतले जानकारी दियो। एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्।

साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको स्रोतले जानकारी दियो। ओलीको उक्त निर्देशनसँगै केही मन्त्रीले भोलि (मंगलबार)का लागि तय भएको राजधानी बाहिरका कार्यक्रम पनि रोकेको जानकारी सचिवालयलाई गराइसकेका छन्।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो। अध्यक्ष ओलीले आज बिहान ३ घण्टा बढी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड भने नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई पनि सरकारमा सामेल गर्न मन्त्री हेरफेरको प्रयासमा छन्।

प्रतिकृया दिनुहोस्

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...