News Portal

नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न, सभापतिमा  केशर घलान

हिमालीसंचार संवाददाता
३३१ पटक

कुवेत – नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो अधिवेशनले केशर घलान तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कुवेतस्थित फर्वानियाको शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा राजेन्द्र रसाईली बिरहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही, नेपाली जनसम्पर्क समिति कतारका सस्थापक सभापति नरेन्द्र बहादुर भाट, नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामाको विशेष आतिथ्यता रहेको थियो।

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल, प्रवासी नेपाली मन्च कुवेतका अध्यक्ष राजु थापा, जन प्रगतिशिल मन्च कुवेतका अध्यक्ष राजन श्रेष्ठ, प्रवासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युबराज गैरे, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष जयनारायण थारू, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनीधि, पत्रकारहरू तथा नेपालका राष्ट्रिय फेन्सर खेलाडी समेत अतिथि रहेको उक्त कार्यक्रममा समाजसेजी तथा वुद्धिजीवीहरूकाअलावा पार्टीप्रति आस्थावान प्रवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम दिनको १२ बजे बाट शुरु गर्ने भनियता पनि झन्डै डेढ घण्टा ढिलो शुरु भएको कार्यक्रममा स्वागत मन्तव्य कान्ती   प्रसाद अधिकारीले राखेका थिए भने केशर घलान तामाङको संचालन रहेको कार्यक्रममा राष्ट्रिय गान, सहिदको सम्झनामा एक मिनेट मौन धारण लगतै पानमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना मन्तव्य दिदै कुवेतमा नेपाली श्रमिकले झेल्नु परेको विविध समस्याहरु र घरेलु महिला कामदारको विकराल अवस्था साथै निकै न्यून पारिश्रमिक ७०/७५ कुवेती दिनारमा नेपाली श्रमिकले श्रम गरिरहेका लगायत विषय उठान गरिएको थियो।

शुभकामना मन्तव्यका क्रममा उठाइएका विषयबस्तु बारेमा राजदूत घनश्याम लम्सालले यथार्थ स्पष्ट पार्दै नेपाली श्रमिककै हक हितका लागि सबै सङ्ग सहकार्य गरी दूतावासबाट प्रवाह हुने सेवा सुबिधालाई सरल बनाएको बताए । कुनै पनि गुनासो या समस्या परे   सिधै सम्पर्कमा आउन समेत अनुरोध गरेका थिए । नेपाल सरकारबाट नै बन्द गरेको घरेलु कामका लागि घरेलु महिला कामदारका बारेमा भने बोल्न नमिल्ने बताए । त्यस्तै शुभकामना मन्तव्य दिदै काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली      स्नेहीले दिनानुदिन नेपालीहरु श्रमको लागि परदेशिनु पर्ने बाध्यता पार्ने नेता तथा कर्मचारीतन्त्र दोषी रहेको बताउदै नेपालमा हरेक तह र तप्कामा भ्रष्टचार रहेकाले देश बिकाश हुन नसक्दा सबै परदेशिनु पर्ने बाध्यता रहेको बताए।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि धनराज गुरुङले मुलुकको मुल सत्रु गरिबी, रोग, भोक, अशिक्षा, बेरोजगार र भ्रष्टचार रहेको बताए । उनले भने ‘तल्लो तहदेखि माथिल्लो तहसम्म सबैको सम्पत्ति छानबीन गर्न प्रस्ताब संसदमा दर्ता गरेको छु । नेपाल मै रोजगारीको वातावरण सिर्जना गर्न पहल गरेको तर कसैले साथ सपोर्ट गरेका छैनन। एक्लै भए पनि देश विकाशका लागि लडिरहने छु।

नेपालमा प्रतिबन्ध लगाईएको गाजा खेती लाई वैधानिकता दिन र गाजालाई औषधीजन्य प्रयोजनमा प्रयोग गर्न , घरेलु     मदिरालाई ब्रान्डिङ गर्न, नेपालमा ७३६ भन्दा बढी जडिबुटी छन त्यसको सम्भव भए सम्म अनुसन्धान गरी खेती गर्न, गरैकानूनी कारोबार बन्द गर्न लगायत प्रस्ताव गरेको छु। यति गर्न सकेमा यहाको ५० डिग्री गर्मि खान नपर्ने र ५-१० वर्षमा परदेशिएका नेपालीहरु घर फर्किएर काम गर्न होइन मालिक भएर बस्न सक्ने प्रयत्न गरिरहेको छु’ । नेता लोभी र पापी भए जनताले धेरै दुख पाउने बताउदै कुवेतमा कार्यरत नेपाली श्रमिकको समस्याहरु ध्यानाकर्षण भएको र पार्टी तथा सम्बन्धित निकायमा समस्या समाधानका लागि गहन छलफल र पहल हुने बताएका छन।कार्यक्रममा निर्वाचन प्रमुख मन्जित चाम्लिङ राईले सर्वसम्मत कार्यसमिति निर्वाचित भएको घोषणा गरेका थिए।

जनसम्पर्क समितिको नयाँ कार्यसमिति यस प्रकार छ 

सभापति  केशर घलान तमाङ

प्रथम उपसभापति इन्द्र पौडेल

द्वितीय उपसभापति श्रवण कुमार थापा

महामन्त्री कान्तिप्रसाद अधिकारी

महामन्त्री मन कुमार राइ रोशन

सहमहामन्त्री जिवन निरौला

सहमहामन्त्री पाल्साङ मोक्तान

सहमहामन्त्री कोपिला तामाङ

कोषाध्यक्ष चिज बहादुर गुरुङ

सहकोषाध्यक्ष चित्र कुमार छन्त्याल

प्रवक्ता ललित रावत

महिला समन्वय विभाग प्रमुख माया चाम्लिङ राइ,

संगठन विभाग प्रमुख – मणिप्रसाद अधिकारी

खेलकुद विभाग प्रमुख मदन पनेरु

  सदस्यहरु  निरन्जन सिंह ठकुरी, प्रदिप कार्कि, आङ्नोर्बु शेर्पा, अर्जुन कटुवाल, मनिसा सिग्देल, उमेश भन्डारी, अमृत गुरुङ , सुरज तिम्सिना, युबराज बिश्वकर्मा, निर्मल साहनी, इश्वर श्रेष्ठ, सिंह बहादुर बुढा मगर, पर्सुराम घिमिरे, बिष्णु प्रसद भट्टराई, रुद्रमान राई, अरुण चाम्लिङ राई, किरण आले मगर र महेन्द्र कुमार चाम्लिङ राई रहेका छन । नेपाली जनसम्पर्क समिति कुवेतबाट नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा केशर घलान तामाङ, राजेन्द्र रसाईली बिरही, इन्द्र पौडेल, मन्जित चाम्लिङ, कान्तीप्रसाद अधिकारी, चित्र बहादुर गुरुङ र सोनमा लामा चयन भएको समितिले जनाएको छ । कार्यक्रममा सहयोगी व्यक्तित्व तथा मिडियालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...