News Portal

  •  नेपाली जनसम्पर्क समिति कुवेतको अधिवेशनको चौथो उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे

    हिमालीसंचार संवाददाता
    २४१ पटक

     कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन।

    कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा सदस्यको उपस्थितिमा उपसभापति गुरुङ , केन्द्रीय सदस्य रसाईली र केन्द्रीय महाधिवेशन प्रतिनिधि नरेन्द्र बहादुर भाट लाई स्वागत गरिएको छ । २१ जुन २०२४ दिन सम्पन्न हुने चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन । कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा दिनको ठिक १२ बजेदेखि कार्यक्रम हुने आयोजकले बताएको छ।

    कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समितिका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...