News Portal

भौतिक पूर्वाधारमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईं झापा र धनुषाको मात्र मन्त्री हो ?

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौँ। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।

उनले भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेटको १० प्रतिशत बजेट धनुषा र झापामा छुट्याइएको तर सिंगो कर्णालीलाई केवल ४ प्रतिशत बजेट छुट्याएको भन्दै आपत्ति जनाएका थिए।

उनले धनुषा जिल्लामा ८ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको र झापामा ६ अर्ब ७० करोड बजेट विनियोजन गरेको आँकडा प्रस्तुत गरेका थिए।

सांसद शाहीले कर्णालीका १० जिल्लाले ७ अर्बको बजेट विनियोजन गरेको उल्लेख गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...