News Portal

गण्डकीमा एमालेले सोध्यो आफ्नै सांसदलाई स्पष्टीकरण

हिमालीसंचार संवाददाता
३१७ पटक

पोखरा। गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ। शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए।

शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ। एमालेले शुक्रबार नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने बेला विपक्षमा रहन ह्विप जारी गरेको थियो।

गुरुङले उक्त ह्विप कार्यान्वयन नगरेको एमालेले जनाएको छ। तीन दिनभित्र विधिसम्मत रूपमा जवाफ पठाउन भनिएको छ। प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आन्तरिक प्रक्रिया अनुसार गएको बताए।

‘आन्तरिक प्रक्रिया हो,’ उनले भने, ‘सबै कुरा स्पष्टीकरण पत्रमा छ। त्यसबारे सम्बन्धित माननीय ज्यू नै जिम्मेवार हुनुहुन्छ।’

तर सांसद गुरुङले चाहिँ दलले ह्विप नलगाएको बताएका छन्। ‘तपाईंलाई ह्विप उल्लङ्घन गरेकोमा कारबाही गर्ने कि नगर्ने भनेर स्पष्टीकरण सोध्यो। मलाई ह्विप जारी भएको थाहै छैन,’ उनले भने, ‘बैठक बस्ने दिन ह्विप जारी गरिएन। बैठक सुरु भएपछि गरिएको रहेछ, मैले मोबाइल हेरिनँ।’ उनले उक्त दिन आफ्नो व्यक्तिगत काम परेर बाहिर निस्किएको बताएका छन्।

‘मेरो व्यक्तिगत काम परेको हुँदा र ह्विप जारी गरेको पनि थाहा नभएका कारण बाहिर गएको हुँ। अहिले स्पष्टीकरणको पत्र आउँदा पो अचम्ममा परेँ,’ उनले अघि भने, ‘यो मप्रति गरिएको अन्याय हो । म उपचार खोज्छु। साथीहरूसँग कुरा गर्दैछु।’

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...