News Portal

गण्डकीमा एमालेले सोध्यो आफ्नै सांसदलाई स्पष्टीकरण

हिमालीसंचार संवाददाता
३०३ पटक

पोखरा। गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ। शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए।

शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ। एमालेले शुक्रबार नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने बेला विपक्षमा रहन ह्विप जारी गरेको थियो।

गुरुङले उक्त ह्विप कार्यान्वयन नगरेको एमालेले जनाएको छ। तीन दिनभित्र विधिसम्मत रूपमा जवाफ पठाउन भनिएको छ। प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आन्तरिक प्रक्रिया अनुसार गएको बताए।

‘आन्तरिक प्रक्रिया हो,’ उनले भने, ‘सबै कुरा स्पष्टीकरण पत्रमा छ। त्यसबारे सम्बन्धित माननीय ज्यू नै जिम्मेवार हुनुहुन्छ।’

तर सांसद गुरुङले चाहिँ दलले ह्विप नलगाएको बताएका छन्। ‘तपाईंलाई ह्विप उल्लङ्घन गरेकोमा कारबाही गर्ने कि नगर्ने भनेर स्पष्टीकरण सोध्यो। मलाई ह्विप जारी भएको थाहै छैन,’ उनले भने, ‘बैठक बस्ने दिन ह्विप जारी गरिएन। बैठक सुरु भएपछि गरिएको रहेछ, मैले मोबाइल हेरिनँ।’ उनले उक्त दिन आफ्नो व्यक्तिगत काम परेर बाहिर निस्किएको बताएका छन्।

‘मेरो व्यक्तिगत काम परेको हुँदा र ह्विप जारी गरेको पनि थाहा नभएका कारण बाहिर गएको हुँ। अहिले स्पष्टीकरणको पत्र आउँदा पो अचम्ममा परेँ,’ उनले अघि भने, ‘यो मप्रति गरिएको अन्याय हो । म उपचार खोज्छु। साथीहरूसँग कुरा गर्दैछु।’

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...