News Portal

धरान रन एजुकेशन फन्डद्धारा शैक्षिक सामग्री प्रदान

१२औं १० किलोमिटर रनको आम्दानी समेत सार्वजनिक

विकास चाम्लिङ राई, धरान
४४६ पटक

जेठ-६, आइतबार/धरान – धरान रन संस्थाले “धरान रन नेवा एजुकेशन फन्ड २०८१” अन्तरगत शनिवार १३ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ ।

धरान भित्रका ९ वटा सामुदायीक विद्यालयमा अध्यनरत धरानका १३ जना विद्यार्थीहरुलाई धरान रनको भानुचौक स्थित आफ्नै कार्यलयमा छात्रवृति अन्तरगत शैक्षिक सामग्री प्रदान गरेका थिए। गत वर्ष ११ जनालाई छात्रवृति प्रदान गरेका संस्थाले यो वर्ष थप गरेर १३ जनालाई छात्रवृति सेवा प्रदान गरेका हुन। 

संस्थाले विद्यार्थीहरुका लागि आवश्यक स्कुल व्याग, एक थान स्कुल ड्रेस, ट्रयाकसुट, जुत्त, मोजा, कापी-कलम लगायत आवश्यक शैक्षिक सामग्रीहरु प्रदान गरिएको थियो। शैक्षिक सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, धरान रनका अध्यक्ष रोमु राई लगायत संस्थाका सदस्यहरुको हातबाट प्रदान गरिएको थियो । 

यो वर्षदेखि रनले छात्रवृति प्रदान गरेका विद्यार्थीहरुबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पुरस्कार प्रदान गरेको थियो । यो वर्षका उत्कृष्ट विद्यार्थी पुरस्कार प्राविधिक शिक्षा विषय लिएर शिक्षा सदन स्कुलमा कक्षा-९ मा अध्यनरत नमुना कट्टेल घोषित भए। उनलाई प्रोत्साहन गर्न धरान रनले विशेष पुरस्कर प्रदान गरेको थियो ।

संस्थाको एजुकेशन फन्डको अक्षय कोषमा रहेको १२ लाख रुपैयाबाट आएको व्याजबाट शैक्षिक सामग्री प्रदान गरिएको जानकारी गराए। हरेक त्रैमासिक रुपमा व्याजबाट आएको रकमबाट छात्रवृति प्राप्त विद्यार्थीहरुलाई आवश्यकता अनुसरा शैक्षिक सामग्री वितरण गरिने अध्यक्ष राईले बताए। शनिवार ५२ हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरिएको आयोजक संस्थाले जनाकारी गराएको छ ।

१२औं धरान १० किलोमिटर रनको आम्दानी सार्वजनिक शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमकै समयमा धरान रनको अयोजनामा २०८० फागुन १० गते सम्पन्न १२औं धरान रन १० किलोमिटर दौड प्रतियोगिताको आम्दानी संस्थाले सार्वजनिक गरेको छ । 

धरान रनले १२औं संस्करणमा खर्च कटाएर तीन लाख ६२ हजार २ सय २३ रुपैया आम्दानी भएको जानकारी गराए। आम्दानी रकमबाट एजुकेशन फन्डको अक्षय कोषमा एक लाख रुपैया जम्मा गरिएको र हाल अक्षय कोषमा १३ लाख रुपैया जम्मा भएको रनका अध्यक्ष रोमु राईले जानकारी दिए। बाकी रहेको रकमले हरेक हप्ता आयोजना गरेर साप्ताहिक रन र अन्य सामाजिक गतिविधिमा खर्च गरिने आयोजक संस्था धरान रनले जानकारी गराए ।

तस्वीरः प्रतित चाम्लिङ राई, धरान

प्रतिकृया दिनुहोस्

गजेन्द्र खालिङ राईको नेतृत्वमा “किरात खालिङ राई उत्थान संध” कतार शाखा गठन

असार-१९, बुधबार/काठमाडौं – पूर्वाञ्चलको खोटाङ जिल्लाका युवा समाजसेवी गजेन्द्र खालिङ राईको अध्यक्षतामा “किरात खालिङ राई...

मोरङको रंगेलीमा राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

असार-१८, मंगलबार/मोरङ – मोरङको रङ्गेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र  वितरण सुरु गरिएको छ। राष्ट्रिय परिचय तथा...

दैवले पनि बुझ्न नसकेको नेपालको राजनिति

जस्ले भगवानलाई पनि झुक्याउन सक्छ। त्यो हो बास्तबिक राजनिति, ती हुन असली नेता। अस्ति मात्र...

प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने विश्वासको मत लिने लिने निर्णय लिने तयारी गरेका...

बेलायती भिसामा गोर्खा परिवारको ‘अपील राइट’ नखोस्न अदालतको आदेश

लण्डन – बेलायत सरकारले भूपू गोर्खाका परिवारका भिसा प्रक्रियाबाट खोसेको ‘अपील राइट’ अधिकार अब बेलायत...

फेसबुक

 

अध्यक्ष : हरि बहादुर बानियाँ

प्रधान सम्पादक : संजीव कुमार राई

कार्यकारी सम्पादक : कमल सिंह

सम्पादक : सुजन कँडेल

साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

विशेष प्रतिनिधि/संवाददाता :
१) नवराज राई (संखुवासभा)
२) रबिन्द्र बराल (मोरङ)
३) राम प्रसाद ढुंगेल (युएई)
४) युवराज राई (हेटौंडा)
५) अमृता राई (इलाम)

बिज्ञापनका लागि :
कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

सम्पर्क नम्बर : 9862181818

ईमेल : [email protected]

दर्ता न. : ३१४७ (सूचना विभाग)

पुरा टीम

Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal