News Portal

मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

रबिन्द्र बराल, मोरङ
४४८ पटक

असार-१८, मंगलबार/मोरङ – मोरङको उर्लाबारीमा टिप्परको ठक्करबाट घटनास्थलमै एक महिलाको मृत्यु भएको छ । उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी-६ सिलौलीमा सोमबार साँझ टिपरको ठक्करबाट गोपाल चोक निवासी अन्दाजी २७ वर्षीया सिता बोहोराको मृत्यु भएको हो।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६:५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी  बोहोराको उपचारको क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा साँझ ७:३० बजेतिर मृत्यु भएको हो।  

घरबाट सब्जी लिन निस्किएको समयमा  उनलाई टिपरले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा स्कुटरको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा समेत गम्भिर घाइते भएका छन्।  उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको लागि पठाएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...