News Portal

मोरङको रंगेलीमा राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

रबिन्द्र बराल, मोरङ
११२ पटक

असार-१८, मंगलबार/मोरङ – मोरङको रङ्गेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र  वितरण सुरु गरिएको छ।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागको सहयोग र रंगेली नगरपालिकाको समन्वयमा रंगेली नगरपालिकामा २०७८ सालमा वडा कार्यलमा दर्ता भइसकेको राष्ट्रिय परिचयपत्र कार्डको छपाई कार्यसकेर अहिले नगरपालिकाले वडा स्तरबाट नै कार्ड वितरण कार्य सुरु गरेको हो। 

परिचयपत्रको फारम भर्न छुट भएका व्यक्तिहरुको पुनःविवरण दर्ता कार्य सुरु गरेको छ। रङ्गेली नगरपालिकामा २५ हजारको हाराहारीमा राष्ट्रिय परिचयपत्र छपाई भएर आइसकेको र उक्त कार्ड वितरण सुरु भएको पञ्जीकरण शाखा रंगेलीका परिचय-पत्र विभागका दीपक दाहालले जानकारी दिए।    

उनका अनुसार रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ मा परिचयपत्र र नयाँ फर्म भर्नेहरूको अहिले काम भइरहेको उनले बताए।   रंगेली नगरपालिकाले वडा स्तरमै गएर अनलाइन मार्फत नयाँ राष्ट्रिय परिचयपत्रको फर्म भर्ने सुरु गरेको र यो वडा स्तरबाटै यसरी अनलाइन मार्फत फर्म भरेको सम्भवत यो नेपालकै पहिलो नगरपालिका रहेको दाहलले बताए । 

उनका अनुसार उक्त राष्ट्रिय परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्तिले नै तोकिएको ठाउँमा गएर परिचयपत्र स्वयमै जानुपर्ने र उनको पुनः बायोमेट्रिक गरेर मात्रै राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्न मिल्ने भएकाले स्वयं व्यक्तिले नै आउनुपर्ने उनले बताएका छन्। 

यदि कसैको राष्ट्रिय परिचयपत्रमा नाम ठेगाना वा केही गल्ती भएमा पुन सच्याउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङ विराटनमा गएर शुल्क बापत पाच सय रुपैया तिरेर मात्रै पुनः संशोधन गरेर राष्ट्रिय परिचयपत्र लिन सकिने समेत उनले बताएका छन् । 

रङ्गेली नगरपालिकाका मेयर दिलिपगडियाका अनुसार विगतका वर्षमा वडामा गरिएको राष्ट्रिय परिचयपत्रमा अफलाइन भएको र राष्ट्रिय परिचयपत्र पनि समेत तुरुन्तै नआउने भएका र स्थानीय वृद्धहरूले समेत दुःख पाएपछि अहिले  आफूहरुले वडा स्तरबाटै नेटको व्यवस्थापन गरेर राष्ट्रिय परिचयपत्र तुरुन्तै स्थानीयको हातमा दिलाउन आफूहरुले वडा स्तरबाटै अनलाइन गरेको उनले बताएका छन्।

प्राविधिक समस्याका कारण रंगेली  नगरपालिकाले निकालेको सूचना भन्दा केही दिन ढलाई समेत भएको र अन्य वडाहरुमा भने राष्ट्रिय परिचयपत्रको समयमै वितरण गर्ने आफुहरुले समयमै वितरण गर्ने नगर प्रमुख बगडियाले बताए ।

प्रतिकृया दिनुहोस्

फ्रि भिसा कार्यान्वयनमा छैन : डिपि अर्याल

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसाको व्यवस्था कार्यान्वयनमा नरहेको बताएका...

नेपाली दूतावास कुवेतको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र...

विराटनगरको रानी बस पार्कमा हराएको नगद, सम्बन्धित धनिलाई प्रहरीले बुझाइयो

असार-२०, बिहीबार/मोरङ – मोरङको बुढिगंगा-१ निवासी शम्भुकुमार श्रेष्ठको हराएको ८१,६०० रुपैयाँ नगद विराटनगर-१५ रानी बस...

मोरङको सुनवर्षी-५ ले शिक्षक सम्मान तथा विद्यार्थीलाई पुरस्कार

असार-२०, बिहीबार/मोरङ – “समृद्ध सुनवर्षीको आधारः स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार” भन्ने मूल नाराका साथ...

अल्पमतमा प्रधानमन्त्री प्रचण्ड, एमालेका मन्त्रीहरुले बुझाए राजिनामा

काठमाडौ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा...

फेसबुक

 

अध्यक्ष : हरि बहादुर बानियाँ

प्रधान सम्पादक : संजीव कुमार राई

कार्यकारी सम्पादक : कमल सिंह

सम्पादक : सुजन कँडेल

साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

विशेष प्रतिनिधि/संवाददाता :
१) नवराज राई (संखुवासभा)
२) रबिन्द्र बराल (मोरङ)
३) राम प्रसाद ढुंगेल (युएई)
४) युवराज राई (हेटौंडा)
५) अमृता राई (इलाम)

बिज्ञापनका लागि :
कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

सम्पर्क नम्बर : 9862181818

ईमेल : [email protected]

दर्ता न. : ३१४७ (सूचना विभाग)

पुरा टीम

Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal