News Portal

  • दैवले पनि बुझ्न नसकेको नेपालको राजनिति

    कमला थापा
    ९५३ पटक

    जस्ले भगवानलाई पनि झुक्याउन सक्छ। त्यो हो बास्तबिक राजनिति, ती हुन असली नेता। अस्ति मात्र प्रधानमन्त्री प्रचण्ड भन्दै थिए। मेरो सत्ता कसैले लान सक्दैन “मं” संग जादुई छ। जादुई नम्वर छ, अहिले सोध्न मन लाग्छ। कहाँ गयो तपाईको जादु प्रचण्ड जी ? आफु भएसम्म उथलपुथल भैरहने कसैले हटाउन नसक्ने भन्नु हुन्थ्यो। ०४६ सालको परिवर्तनदेखी खाईपाई आएका, भ्रष्टाचारमा पोख्त डिग्री हांसिल गरिसकेका पार्टिहरुसंग खेल्न त्यति सजिलो थिएन। तपाईको अबसरवादी चरित्रले।

    यो देशलाई यस्तै नेताहरुले चलाउदै आए तपाई त्यस्को नाईके हुनुभयो। देश बर्वाद बनाउनमा तपाईको भूमिका प्रवल थियो। त्यसैको लागि विदेशिले प्रयोग गरेको तालमा नाच्नुभयो। जंगल पस्दा भ्रष्टाचारको कुरा निकै जोडले उठाउनु भएको थियो। शान्ति प्रक्रियाबाट सत्तामा पुगेपछी भ्रष्टाचारको दलदलमा आफै फस्दै जानु भयो। भन्नै पर्दा भ्रष्टहरुलाई छुट दिने काम तपाईबाट धेरै भयो। तपाइले देखाउनु भएको जादुको छडीबाट केही अत्ताल्लिएका प्रमुख ठुला पार्टिहरु आफ्नो दानापानी खोसिने, आफ्ना भ्रष्टाचारी, बिचौलिया, तस्कर, माफिया, भू-माफिया, सून तस्कर सबैलाई बचाउनुपर्ने थियो। तपाइले बोलेको ७२ घण्टा नपुग्दै सरकार बदलियो। नेपालका कम्निस्टहरु बोल्न अरुलाई गाली गर्न जति सिपालु छन्। काम गर्न हैन भन्ने कुरा प्रमाणित गर्नुभयो।

    आज बिहानको चिया गिरिबन्धु टी पिउदै सत्ता परिवर्तन भयो। जसरी तपाइले घुम्न जांउ भरतपुर भन्दै हात मिलाएको २४ घण्टा नबित्दै धोखापूर्ण तरिकाले सत्ता परिवर्तन गर्नुभएको थियो। आज सबै मस्त निद्रामा भएको बेला आधारातमै सक्कियो। लम्पसारबादले पनि तपाईलाई जोगाएन। लम्पसार पर्न अरुपनि माहिर छन्। भर्खरै केही नेता भारतको तिर्थ यात्रा गरेर फर्केका छन्। आशिर्वाद लिएर आएकै होलान। त्यहाँ तपाई मात्र हुनुहुन्थेन। तपाइले बिर्सनुभयो। यसरि नै देश बर्वाद बनाउदै कति दिन सत्तामा टिक्ने हो। जनताले तपाईहरुको जादुं हेर्दैमा बित्ने भयो।

    रास्वपा सभापतिको उत्ताउलोपन, नक्कली भूटानी बनाउदै आफ्नै नागरिक बेच्न सक्ने, मानव तस्करदेखी गिरिबन्धु टी स्टेटसम्मका, सून तस्करदेखी, अन्तर्राष्ट्रिय तस्कर माफिया, जनता ठग्ने बैंकर्स, सहकारी, लघुवित्त मिटर ब्याजका नाइकेहरु गुठि जग्गा, सरकारी जग्गा खाने सबै त तिनै पार्टिहरुसंग पार्टनर छन्। तपाईको पार्टिमा पनि कम छैनन्। तिनलाई जोगाउनु परेन ? याहां देशको चिन्ता कस्लाई छ ? नयाँ पार्टिहरु अझै खराव‌ निस्किए।

    ०६२/६३ को आन्दोलनपछी नेपाल ट्रष्टमा ल्याईएको २३ हजार बिघा जमिन थियो। त्यस्तै सरकारी स्वामित्वमाको जमिन, बांसवारी छाला जुत्तादेखी बालमन्दिरसम्मका जमिन, गुठी, जग्गा सबै तस्करहरुलाइ मोटोमोटो कमिसन खाएर दिएका, ती दोषीहरुलाई दुई महिना अगाडी पक्राउ पुर्जी काटिएको थियो। अहिलेसम्म किन पक्रिन सक्नु भएन ? त्यो केवल‌ तपाईको तर्साउदै सत्ता टिकाउने जादु थियो। त्यहि बुझेर तपाईको जादु भन्दा पनि बलिया जादुगर आए।

    तपाइले हिजो बोल्नु भएको तपाईकै हस्ताक्षर भएको पत्र हेर्नुहोस्। कस्तो लाग्छ ?

    राजनिति खेलौना होईन। जस्लाई तपाइहरुले खेलौना सम्झिनु भयो। नागरिक आन्दोलन दबाउन दुर्गा प्रसाईलाई आफ्नो बसमा पार्न खेलेको भूमिका, बिदेशी जासुस लगाएर भाडेको आन्दोलन सबैले बुझेका छन्। त्यसैले राजनिति आफ्नो क्षमता, योग्यता र सिद्धान्तबाट चल्नुपर्छ। बिचार, सिद्धान्त सुन्य राजनिति, अर्काको आड, भरोसामा गरिएको राजनिति त्यो राजनिति होईन भ्रष्ट निति हो।

    तपाइले आफु भन्दा बाठो, प्रयोगात्मक शैली भएको नेता अरुलाई देख्नु भएन। कुनै नेता नबोली, नबोली सिध्याउने, कोही उखान टुक्का भर्दै अरुलाई अपशब्दमा गाली गर्न सक्ने क्षमता भएका माहिर गन्दा खेलाडी पनि छन् भन्ने बिर्सनुभयो। प्रचण्डजी मानिसले अरुलाई त्यतिबेलासम्म बोक्न सक्छ। जबसम्म आफ्नो उदेश्य पुरा हुदैन। तर जब आफ्नै पाईला धापमा, दलदलमा पर्छ नी ! आफ्नै खुट्टाले भरदिन‌ छोडेटछी दलदलमा फस्तै जान्छ। उस्ले बोकेको मानिस पनि दलदलमै पर्ने हो। रास्वपालाई बोकेर गृहमन्त्री रवि लामिछानेलाई बचाउनु भएको थियो। आखिर के भयो ? उनको उत्ताउलो भ्रष्ट चरित्रले गर्दा सबै भ्रष्टहरुलाई एकताको सुत्रमा बाँध्यो।

    आखिर भ्रष्टाचारको मुद्दा मिलाउन दुई भ्रष्ट, एक भए, तेस्रो भ्रष्टलाई छाडिदियो। यो कुनै नौलो कुरा भएन। अब भ्रष्टाचारका खोलिएका फाईलहरु बन्द हुने छन्। थुनिएका सबै ब्यक्ति छुट्ने छन्। भ्रष्टाचारको राम राज्य हुनेछ। माफिया, तस्करहरु अझै बलिया भएर आउने छन्। जनता हेरेकोहेर्यै हुनेछन्। किनभने यहाँका बुद्धिजिवी, शिक्षित ब्यक्तित्वहरु, नागरिक समाज कोही बोल्ने छैनन्। किनकी भ्रष्टहरुकै राज हुने छ। यहाँ तपाईहरुलाई देश चाहिएको होईन मात्र सत्ता र पैसा त्यो त कमाउनु भयो। तर राजनितिक प्रतिष्ठा, ईज्जत र नैतिक्ता गुमाउनु भयो। जनताको नजरबाट गिरेको, त्यस्तो के राजनिति ? जिवनको उत्तरार्धमा मानिसले हिजो गरेका गल्ती, अपराधहरु सबै धोइपखाली गरेर ईश्वरसंग क्षमा मागेर परलोक सुधार्न खोज्छन्। तर हाम्रा नेताहरु झनझन अपराधको भारी बोक्दै छन्। देश र जनताप्रति गरिएको यो अपराधलाई ईश्वरले पनि क्षमा गर्ने छैनन्। पशुपतिनाथले जनताको रक्षा गरुन।
    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...

    भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

    भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २०...