News Portal

समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार गठबन्धनमा रहेका दलले पार्टीलाई जिम्मेवारी नदिएपछि जे पनि हुनसक्ने अवस्था भएको बताए।

पाण्डेले भने ‘हामीलाई दिएको जिम्मेवारी अनुसार सरकार अगाडि नबढेपछि साथीहरूले नयाँ बाटो रोजेका छन्। कुरा स्पष्ट छ। सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो। त्यहाँबाट सरकार पछि हटेको छ। यस्तो भएपछि के सहयात्रा होला र ?’

सत्ता गठबन्धनले सुदूरपश्चिममा आफ्नो भागमा परेको मुख्यमन्त्री नाउपालाई दिने भएपछि समाजवादी आफ्नो बाटो लागेको उनले स्पष्ट पारे। उनले भने, ‘केन्द्रमा दुई वटा मन्त्री देऊ अनि हामी बाकी कुरामा चुप बस्छौँ भनेर हस्ताक्षर गरेको थियो र ? भाग अनुसार त पाउँनुपर्यो नि। सूदुरपच्चिममा कांग्रेससँग मिलेर नै सरकार बन्छ। अरू विकल्प छैन।’

यसैबीच सुदूरपश्चिममा रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस र समाजवादीले सहयोग गरेका छन्। उनलाई नेपाली कांग्रेसका १८, नाउपा रेशम पक्षका ५ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको छ।

यसो हुँदा उनको पक्षमा २७ सांसदले मतदान गर्ने देखिन्छ। प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन। राप्रपाका एक संसद्को मत पनि लक्ष्मणकिशोरको पक्षमा आउने देखिन्छ।

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ। यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन्। यता कैलाश चौधरीको पक्षमा २१ मत छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...