News Portal

देशमा अब राजतन्त्र पुनर्स्थापना हुन सक्दैन : एमाले अध्यक्ष ओली

हिमालीसंचार संवाददाता
३३४ पटक
२०८१ बैशाख २ गते आइतबार

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले राजनीतिक कोर्सलाई उल्टो बाटोमा फर्काउन खोज्दैमा देशमा राजतन्त्र पुनर्स्थापना हुन नसक्ने स्पष्ट पारेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतातर्फ संकेत गर्दै ओलीले देशले अब कुनै एक परिवारलाई वा माली व्यक्तिलाई स्थापना नगर्ने भन्दै अनावश्यक चलखेल बन्द गर्न सुझाए।

‘संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा ‘माली चाहियो’ भनेर कुद्नेले त्यस्तो माली स्थापना घरमा गर्दै गरे हुन्छ। देशले अब माली व्यक्तिलाई स्थापना गर्दैन, कुनै एउटा परिवारलाई स्थापना गर्दैन,’ बुढानीलकण्ठ नगर अस्पतालको शनिबार उद्घाटन गर्दै ओलीले भने, ‘अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न, लोकतान्त्रिक विधिबाट माग पूरा गर्न कतै प्रतिबन्धित छैन। निरंकुशता र राजतन्त्र भएको वेलामा राजतन्त्रले प्रतिगमन गथ्र्यो। जनताका अधिकार पटक–पटक खोस्थ्यो। अहिले जनताको अधिकार खोसिँदैन। खोस्न मिल्दैन, यो राजतन्त्र भएको समय होइन, गणतन्त्रको समय हो।’

अहिले जनता र नागरिकका अधिकार सुरक्षित रहेकाले ती अधिकारको प्रयोग संविधानभित्र रहेर अगाडि बढ्न सकिने पनि ओलीले प्रस्ट्याए। यस्तै, पार्टीनिकट प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटी (ओएनएफ)ले आयोजना गरेको शुभकामना कार्यक्रममा ओलीले नयाँ वर्ष ०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताए।

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा ०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरू कसैले नभई आफैँले बनाउनुपर्ने धारणा राखे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...