News Portal

  • देशमा अब राजतन्त्र पुनर्स्थापना हुन सक्दैन : एमाले अध्यक्ष ओली

    हिमालीसंचार संवाददाता
    २४६ पटक
    २०८१ बैशाख २ गते आइतबार

    काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले राजनीतिक कोर्सलाई उल्टो बाटोमा फर्काउन खोज्दैमा देशमा राजतन्त्र पुनर्स्थापना हुन नसक्ने स्पष्ट पारेका छन्।

    पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतातर्फ संकेत गर्दै ओलीले देशले अब कुनै एक परिवारलाई वा माली व्यक्तिलाई स्थापना नगर्ने भन्दै अनावश्यक चलखेल बन्द गर्न सुझाए।

    ‘संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा ‘माली चाहियो’ भनेर कुद्नेले त्यस्तो माली स्थापना घरमा गर्दै गरे हुन्छ। देशले अब माली व्यक्तिलाई स्थापना गर्दैन, कुनै एउटा परिवारलाई स्थापना गर्दैन,’ बुढानीलकण्ठ नगर अस्पतालको शनिबार उद्घाटन गर्दै ओलीले भने, ‘अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न, लोकतान्त्रिक विधिबाट माग पूरा गर्न कतै प्रतिबन्धित छैन। निरंकुशता र राजतन्त्र भएको वेलामा राजतन्त्रले प्रतिगमन गथ्र्यो। जनताका अधिकार पटक–पटक खोस्थ्यो। अहिले जनताको अधिकार खोसिँदैन। खोस्न मिल्दैन, यो राजतन्त्र भएको समय होइन, गणतन्त्रको समय हो।’

    अहिले जनता र नागरिकका अधिकार सुरक्षित रहेकाले ती अधिकारको प्रयोग संविधानभित्र रहेर अगाडि बढ्न सकिने पनि ओलीले प्रस्ट्याए। यस्तै, पार्टीनिकट प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटी (ओएनएफ)ले आयोजना गरेको शुभकामना कार्यक्रममा ओलीले नयाँ वर्ष ०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताए।

    ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा ०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरू कसैले नभई आफैँले बनाउनुपर्ने धारणा राखे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...