News Portal

गृहमन्त्रीको राजीनामा माग्दै राप्रपा अध्यक्ष लिङ्देनले भने– हामी मर्न तयार छौँ !

हिमालीसंचार संवाददाता
२६५ पटक
२०८० चैत २७ गते मङ्गलबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।

उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए। निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताए। साथै उनले प्रदर्शनकारीलाई अघि बढ्न दिन सुरक्षाकर्मीलाई बाटो छोड्न आग्रह गरेका थिए।

उनले आफ्ना कार्यकर्तालाई सिंहदरबारतर्फ अघि बढ्न निर्देशन दिएसँगै राप्रपा कार्यकर्ताहरू अघि बढ्न खोज्दो प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन्।

त्यसक्रममा अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन्।

उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ। अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ। ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ।’ उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...