News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गोरखाबाट जितेका प्रचण्डले सांसदबाट राजीनामा दिनुपर्छ : भट्टराई

    हिमालीसंचार संवाददाता
    २८० पटक
    २०८० चैत २३ गते शुक्रबार

    काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको सहयोगमा जितेर धोका दिनु राजनीतिक हिसाबले अनैतिक हुने बताए।

    ‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो, त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन’, बिहीबार गोरखाका पत्रकारसँग भट्टराईले भने, ‘उहाँले पूर्वगठबन्धन छाड्ने हो भने जसको सहयोगमा जित्नुभएको छ, उनीहरूलाई धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’

    गोरखा-२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो। जहाँ २०७९ को चुनावमा उनले प्रचण्डका लागि छाडिदिएका थिए। प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा सत्ता स्वार्थलाई भएको भट्टराईले बताए। विगतमा पार्टीका मात्रै सत्तामुखी प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको आरोप पनि भट्टराईले लगाएका छन्।

    ‘विगतको मेरो सहकार्यले के देखाउँछ भने उहाँ पार्टीको असाध्यै सत्तामुखी मान्छे, अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो’, उनले भने, ‘उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ। सत्ता र शक्तिमा टिकिरहनका लागि जे पनि गर्न सक्नुहुन्छ।’

    प्रचण्डले प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर गठबन्धन फेरिरहने गरेको आरोप पनि भट्टराईले लगाएका छन्। उनले पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सरकारबारे कुरा गर्दै माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने बताए। कसलाई सहयोग गर्ने भन्ने आवश्यकताका आधारमा निर्णय हुने भट्टराईले जानकारी दिए।

    ‘अहिलेसम्म माओवादीले हामीलाई षड्यन्त्रपूर्वक धोका दिने काम गरेको छ। उसका गतिविधि अलोकतान्त्रिक देखिएका छन्, त्यसैले तत्काल उनीहरूलाई साथ दिन सकिँदैन।’ गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनलाई सहयोग नगरे गठबन्धन बाहिर बहुमत पुग्ने अवस्था छ।

    कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन आह्वान भएको छ। नयाँ सरकार गठनका लागि कांग्रेसलाई सहयोग गर्ने वा नगर्ने पनि निर्णय भइनसकेको भट्टराईले बताए। ‘अर्को पक्षसँग पनि हाम्रो कुरा मिल्छ मिल्दैन टुङ्गो छैन’, उनले भने, ‘त्यसैले केही समय पर्ख र हेरमा छौँ।’

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...