News Portal

धरानका मेयर साम्पाङले काठमाडौंमा गरे एकल प्रदर्शन

“प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको माग!”

सन्जिब कोयी, काठमाडौं
३८८ पटक

चैत्र-२०,मंगलबार/काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”ले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। पछिल्ला समय केही दिनदेखि काठमाडौंमा आएका मेयर साम्पाङले आज ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर!’ भन्ने पोस्टरसहित उनी उभिएर काठमाडौंमा एकल प्रदर्शन गरेका हुन्।

उनले यो मुद्दामा सबै जनता उभिन आवश्यक भइसकेको भन्दै ०८४ को निर्वाचनअघि यो मुद्दा संविधानमा व्यवस्था गरोस् भन्ने माग सहित एकल प्रर्दशन गरेका हुन् । उनले आफ्नो सन्देशमा प्रत्येक मंगलबार धरानमा आफूले ‘जनमत बार’को रूपमा मनाउने गरेको र धरानमा हुँदा यसैगरी प्रदर्शन गर्ने गरेको भन्दै अहिले काठमाडौं आएका समयमा पनि यसलाई निरन्तरता दिएको उनको भनाई छ ।

उनले सामाजिक संजाल फेसबुकमा लेख्छन् ‘मित्रहरू, आज पनि जनमत बार। आज म काठमाडौंमा छु। सधैँ धरानमा गरिन्थ्यो । आज काठमाडौंमा पनि यसलाई निरन्तरता दिएको छु’ उनले थप लेख्छन् ‘देशमा जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने व्यवस्था लागू गर्नुपर्छ भनेर मैले एकल प्रदर्शन गरेर उभिएको हुँ। अब यो देशका सबै नागरिक यसरी उभिनुपर्ने अवस्था आएको छ।’ उनले सन्देश संगै यस्तो तर्क गरेका छन्। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...