News Portal

  • धरानका मेयर साम्पाङले काठमाडौंमा गरे एकल प्रदर्शन

    “प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको माग!”

    सन्जिब कोयी, काठमाडौं
    ३१८ पटक

    चैत्र-२०,मंगलबार/काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”ले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। पछिल्ला समय केही दिनदेखि काठमाडौंमा आएका मेयर साम्पाङले आज ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर!’ भन्ने पोस्टरसहित उनी उभिएर काठमाडौंमा एकल प्रदर्शन गरेका हुन्।

    उनले यो मुद्दामा सबै जनता उभिन आवश्यक भइसकेको भन्दै ०८४ को निर्वाचनअघि यो मुद्दा संविधानमा व्यवस्था गरोस् भन्ने माग सहित एकल प्रर्दशन गरेका हुन् । उनले आफ्नो सन्देशमा प्रत्येक मंगलबार धरानमा आफूले ‘जनमत बार’को रूपमा मनाउने गरेको र धरानमा हुँदा यसैगरी प्रदर्शन गर्ने गरेको भन्दै अहिले काठमाडौं आएका समयमा पनि यसलाई निरन्तरता दिएको उनको भनाई छ ।

    उनले सामाजिक संजाल फेसबुकमा लेख्छन् ‘मित्रहरू, आज पनि जनमत बार। आज म काठमाडौंमा छु। सधैँ धरानमा गरिन्थ्यो । आज काठमाडौंमा पनि यसलाई निरन्तरता दिएको छु’ उनले थप लेख्छन् ‘देशमा जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने व्यवस्था लागू गर्नुपर्छ भनेर मैले एकल प्रदर्शन गरेर उभिएको हुँ। अब यो देशका सबै नागरिक यसरी उभिनुपर्ने अवस्था आएको छ।’ उनले सन्देश संगै यस्तो तर्क गरेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...