News Portal

सरकार र प्रतिनिधि सभाको वेबसाइट डाउन, संसदमा उठ्यो प्रश्न

हिमालीसंचार संवाददाता
२४६ पटक
२०८० चैत २० गते मंगलबार

काठमाडौं। सरकारी कार्यालयहरु र संघीय संसदको वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ। गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो।

यसअघि पनि संसदको वेबसाइट पटक–पटक डाउन भएका छन्। यसैगरी वेबसाइट ह्याक भएर संसदले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा राखेका तत्कालीन सांसदहरुको भिडियो प्रोफाइल डिलिट भएको थियो।

उक्त प्रोफाइल संसदले पुनः आफ्नो वेबसाइटमा अपलोड गर्न सकेको छैन। यस्तो समस्याले सरकारको क्षमतामाथि नै प्रश्न उठाएको बताउँछन् नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पौडेलले भने, ‘नेपाल सरकारको वेबसाइट र सर्भर डाउन हुने र ह्याक हुने कुनै नयाँ विषय भएन।’

गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट नै डाउन भएको र त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन भएको उनले संसदमा स्मरण गरे।

‘अध्यागमन विभागको सर्भर डाउन हुँदा सयौं यात्रु करिब चार घण्टा लाइनमा बस्नुपर्यो। जसले गर्दा रातिका सबै उडानहरु प्रभावित भए,’ सांसद पौडेलले थपे, ‘सोही दिन भन्सार विभाग आसिकोडा डाउन हुँदा भन्सार कार्यालयको काम करिब पाँच घण्टा अवरुद्ध भयो।’

कांग्रेस सांसद पौडेलले यस्तो समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए। ‘आजको मुख्य सम्पति भनेको डाटा हो। राज्यले आफ्नो डाटा त सुरक्षित गर्न सक्दैन भने नागरिकको डाटाको सुरक्षा कसरी गर्न सक्छ ?’ उनी थप्छन्, ‘सरकारको डिजिटल प्रतिबद्धता छैन भन्ने देखाउँछ। यसले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बेइज्जत गराएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...