News Portal

रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

हिमालीसंचार संवाददाता
४०४ पटक
१४ चैत्र २०८० बुधबार

काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आबद्धता त्यागेका छन्। केही दिनअघि एक टेलिभिजन कार्यक्रममा खरेलले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे टिप्पणी गरेका थिए।

सोही टिप्पणीका कारण रास्वपाले खरेललाई स्पष्टीकरण सोधेपछि खरेलले रास्वपासँगको आबद्धता त्याग गरेका हुन्। उनले पार्टी केन्द्रीय कार्यालयका नाममा अङ्ग्रेजी भाषामा लेखिएको पत्र पठाउँदै पार्टीबाट आफ्नो बाटो अलग गरेको जनाएका छन्।

उनले लेखेका छन्,‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ।’ खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘यद्यपि, पछिल्लो विकास क्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन।’

पछिल्लो समय बारामा भएको उपनिर्वाचनमा रास्वपाबाट खरेल उम्मेदवार थिए। त्यसपछि रास्वपाले उनलाई केन्द्रीय सदस्य अफर गर्दा इन्कार गरेको बताइन्छ।

त्यसपछि एउटा निजी टेलिभिजनमा उनी ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका थिए। सोही कार्यक्रमको पछिल्लो एपिसोडमा गृहमन्त्री लामिछानेमाथि खरेलले प्रश्न तेर्स्याउँदै आलोचना गरेका थिए।

‘प्रश्न त तपाईँमाथि पनि छन् नि गृहमन्त्रीज्यू। सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईँले नै दिने हो,’ सोही क्रममा खरेलले भनेका थिए,‘आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईँबाट पनि भएकै हो। जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसिन हुन मिल्दो कुरा पक्कै थिएन। भइहाल्नुभयो, कुरा अर्कै भयो। जुन दिन तपाईँ अनुसन्धानको पवित्र अग्निमा आफैं होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईँले गर्नुभएका यस्ता कर्मलाई स्याबास भनौँला। तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर।’

आफ्नै पार्टीको सदस्य रहेका व्यक्तिले सभापतिको आलोचना गरेपछि रास्वपाले कारबाही गर्ने तयारी स्वरुप खरेललाई स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफमा उनले पार्टी त्याग गरेको पत्र पठाएका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...