News Portal

कृष्ण महरालाई समेत कारबाही गर्‍यौँ, अरु ठूला रहेनन् : स्वर्णिम वाग्ले

हिमालीसंचार संवाददाता
४२८ पटक
चैत १०, २०८० शनिबार

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सत्तारुढ दलकै उपाध्यक्षलाई पक्राउ गरेर उनको तुलनामा अरु गल्ती गर्नेहरू ठूला नभएको संकेत दिन खोजेको बताएका छन्।

पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री बन्नासाथ एक्सनमा आएका काम गर्न थालेको प्रशसां गर्दै शनिबार आयोजित पार्टीको एक कार्यक्रममा उपसभापति वाग्लेले कृष्णबहादुर महरा चानचुने मान्छे नभएको समेत बताए।

पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लुकाएर राखिएका फाइल झिकेर टकटकाउन थालेको उनको दाबी छ। ‘फाइल लुकाउने र दबाउने जुन सुनेका छौँ, उहाँ (रवि लामिछाने)ले टकटक्याउन थाल्नुभएको छ।,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनन्य मित्र समेत रहेका महरालाई पक्राउ गरेर अन्य ठूला कामहरूको संकेत सभापति लामिछानेले गरेको वाग्लेले बताए।

‘कृष्णबहादुर महरा भनेको चानचुने मान्छे होइन। ०६२ ०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, दोहोराई तेहराई सञ्चारमन्त्री भएको र वर्तमान बहालवाला प्रधानमन्त्रीका अनन्य मित्र कमरेड इन आर्मस् भन्छन्। त्यति नजिकको पात्रलाई समेत कानुनको दायरामा ल्याएका छौँ,’ उनले अघि भने, ‘त्यो सानोतिनो कदम होइन। सत्तासँग यतिसम्म नजिक सत्तारुढ दलको उपाध्यक्षलाई समेत कानुनी घेरामा ल्याउन सक्छौँ भने अरु त यीनको तुलनामा ठूलो रहेनन् भनेर संकेत दिन खोजेको पनि हो।’

उनले सोही कार्यक्रमको सम्बोधनको सुरुमा रविलाई माननीय उपप्रधानमन्त्री भन्दा स्वाद परेको टिप्पणी गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...