News Portal

रविले आफ्ना जालसाजी लुकाउन गृहमन्त्रालय रोजे : चित्रबहादुर केसी

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन्।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्न सक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गरे।

उनले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए। उनले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरु लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताए।

उनले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताए। उनले भने, ‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो। यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि। एमालेभित्र पनि कोही रैनछन्। यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि।’

उनले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताए। गृहमन्त्री लामिछानेले गृहमन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताए।

केसीले भने, ‘त्यस्तो मुद्दा लागेको मान्छे। दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको। चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने। त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो। कसले बुझेको छैन यो कुरा। त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?’

गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...