News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • घट्छ भनेको बैंकको ब्याजदर झनै बढ्न थाल्यो

    हिमाली संचार संवाददाता
    ६४१ पटक

    काठमाडौं : बैंकबाट ऋण निकाल्नुपर्‍यो भने ऋणीले अनेक झण्झटिला प्रक्रियाहरु पूरा गर्नुपर्छ । कैयन ठाउँमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्छ । तर, यसरी लिएको ऋणको ब्याजदर भने बैंकहरुले एउटा एसएमएसको भरमा बढाउन सक्छन् ।

    राज्यको नीतिगत कमजोरीको फाइदा उठाउँदै बैंकहरुले ऋणको ब्याजदर मनपरी बढाउने गरेका छन् । एकै वर्षमा पटक-पटक ब्याजदर बढेको एसएमएस ऋणीको मोबाइलमा आउँछ । त्यसमा ऋणीले कुनै आनाकानी गर्न मिल्दैन ।

    चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत गरेको केही नीतिगत सुधारका कारण व्याजदर घट्ने अपेक्षा गरिएको थियो । मौदि्रक नीति सार्वजनिक भएपछि बैंकरहरुले नै ब्याजदर घट्ने ठोकुवा गरेका थिए ।

    नेपाल बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समेत पहिलो त्रैमासपछि बैंकको व्याजदर घट्ने बताएका थिए । यतिबेला पहिलो त्रैमास अर्थात असोज महिना सकिएको पनि १५ दिन नाघिसकेको छ । तर, व्याजदर घटाउनु त परै जाओस्, बैंकहरुले उल्टै ब्याजदर बढाउन थालेका छन् ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकका एक ऋणीले शुरुमा ८ दशमलव १४ प्रतिशतमा लिएको घर कर्जाको ब्याजदर बढेर करिब १३ प्रतिशत पुगिसकेको फेसबुकमै लेखेका छन् ।

    बेस रेटले फरक पार्छ : राष्ट्र बैंक
    बैंकहरुले अहिले पनि व्याजदर बढाइरहेको जानकारी नभएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले यस विषयमा आफूले बुझ्ने प्रतिक्रिया दिए ।

    बेस रेट (आधार दर) का कारण भने व्याजदर थपघट हुनसक्ने उनको भनाइ छ । पौडेलले भने, ‘प्रत्येक क्वाटरमा बेस रेट चेञ्ज हुन्छ, यसले व्याजदरमा पनि फरक पार्छ ।’

    पहिलो त्रैमास सकिदा नयाँ बेस रेट आउने र नयाँ बेस रेटसँग लिंक गराउँदा व्याजदर घटबढ हुनसक्ने उनको भनाइ छ । यद्यपि, अहिलेसम्म ३ वटा बैंकको मात्रै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।

    माछापुच्छ्रे बैंक, प्रभु बैक र सिद्धार्थ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने अन्य बैंकहरु सार्वजनिक गर्ने तयारीमा छन् । बेस रेटको बहानामा व्याजदर बढाउन पाउने भएकाले बैंकहरु निर्धक्क छन् भने ग्राहकहरु समस्यामा परेका छन् ।

    निक्षेपको व्याजदर नघटेका कारण कर्जाको व्याजदर घट्न नसकेको बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताउँछन् ।

    केही बैंकहरुले व्याजदर बढाएको उनले स्वीकार गरे पनि समग्रतामा भने नबढेको उनले दावी गरे । कर्जाको व्याजदर अपेक्षा अनुसार नघटेको उनी स्वीस्कार गर्छन् । ढुंगानाले भने, ‘व्याज घटाउनलाई त पहिले निक्षेपको घट्नु पर्‍यो नि ।’

    तरलताको प्रभाव व्याजदरमा
    बैंकहरुमा यतिबेला पर्याप्त तरलता छैन । दशैंअघि कर्जा विस्तारमा आक्रामक बनेका बैंकहरुले निक्षेप भने राम्रो संकलन गर्न सकेनन् । जुन अनुपातमा कर्जा लगानी भयो त्यो अनुपातमा निक्षेप संकलन हुन नसक्दा बैंकहरु दशैंलगत्तै समस्यामा परेका हुन् ।
    बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भए्पछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप लगानी गर्न सूचना जारी गरेको छ ।

    ‘क’ वर्गका बैंकहरुमा १ अर्ब १४ करोड ५० लाख रुपैयाँ, ‘ख’ वर्गका बैंकहरुमा २१ करोड ४६ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा ७ करोड १६ लाख रुपैयाँ निक्षेप लगानी गर्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

    बैंकहरुमा लगानी गर्ने रकमको अभाव भएपछि महंगो व्याज दिएर बैंकहरुले निक्षेप संकलन गर्ने गरेका छन् । निक्षेपको व्याजदर बढाएपछि कर्जाको पनि बढ्ने भएकाले ऋणीलाई मर्का पर्छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २५, २०८१ (अप्रिल ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वायु प्रदूषणको चपेटामा काठमाडौं – कारण, असर र समाधान

    काठमाडौँमा गत आइतबारदेखि वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखा...

    पैसाको लत र मान्छेको अस्तित्व

    “पैसा”—यो शब्द सुन्दा सानो लाग्छ, तर यसको प्रभाव अथाह छ। जबदेखि मानव सभ्यता अस्तित्वमा आयो,...

    नेकपा ललितपुरद्वारा जनआन्दोलन दिवसको अवसरमा विरोध प्रदर्शन सम्पन्न

    ललितपुर, चैत २४ – राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरले आज लगनखेलमा...

    चितवनका लागि इसेवामा शाखा इन्चार्जको अवसर

    डिजिटल भुक्तानी सेवा क्षेत्रको स्थापित नाम इसेवाले चितवनमा कार्यरत शाखा इन्चार्ज पदका लागि उपयुक्त उम्मेदवारको...