News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, कांग्रेसलाई सघाउने संकेत

    हिमालीसंचार संवाददाता
    २७० पटक

    पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्।

    सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा एकीकृत समाजवादी त्यागेको उल्लेख गरेका छन्।

    उनले भनेका छन्, “स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु।”

    केन्द्रमा फेरिएको गठबन्धनले गण्डकी प्रदेशमा पनि अस्थिरता फैलिने देखिएपछि दल त्याग गरेको उनको भनाइ छ। सांसद गुरुङले निवेदनमा भनेका छन्, “विना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ, गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन सधैँ प्रतिबद्ध छु।”

    गण्डकी प्रदेशलाई मध्यावधितिर जानबाट रोक्न पर्ने बताएका छन्। त्यसका लागि आफूले एकीकृत समाजवादी त्यागेको जनाएका छन्।

    २०७९ सालको निर्वाचनमा उनी मनाङ ‘ख’बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। अहिले एकीकृत समाजवादी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनमा छ।

    उनले अहिलेकै कांग्रेस नेतृत्वको गण्डकी सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने भएको छ। उनी विश्वासको मतका लागि राप्रपा र सांसद गुरुङको समर्थन खोजिरहेका छन्।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छन्। कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २६, २०८२ (जुन ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...