News Portal

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, कांग्रेसलाई सघाउने संकेत

हिमालीसंचार संवाददाता
३७० पटक

पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्।

सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा एकीकृत समाजवादी त्यागेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु।”

केन्द्रमा फेरिएको गठबन्धनले गण्डकी प्रदेशमा पनि अस्थिरता फैलिने देखिएपछि दल त्याग गरेको उनको भनाइ छ। सांसद गुरुङले निवेदनमा भनेका छन्, “विना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ, गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन सधैँ प्रतिबद्ध छु।”

गण्डकी प्रदेशलाई मध्यावधितिर जानबाट रोक्न पर्ने बताएका छन्। त्यसका लागि आफूले एकीकृत समाजवादी त्यागेको जनाएका छन्।

२०७९ सालको निर्वाचनमा उनी मनाङ ‘ख’बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। अहिले एकीकृत समाजवादी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनमा छ।

उनले अहिलेकै कांग्रेस नेतृत्वको गण्डकी सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनुपर्ने भएको छ। उनी विश्वासको मतका लागि राप्रपा र सांसद गुरुङको समर्थन खोजिरहेका छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छन्। कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...