News Portal

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो।

लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसद्‍मा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए।

त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने गृहमन्त्री नहुनुपर्ने र प्रश्नै प्रश्नले घेरिएका उनलाई प्रधानमन्त्रीले गृहमन्त्री पनि नबनाउनुपर्ने बताए।

‘३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन्। सहकारी सञ्चालकको सम्पत्तिबाट बचत फिर्ता दिनुपर्ने उनीहरूको माग छ,’ उनले भने, ‘ पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ। गृहमन्त्रीलाई म आग्रह गर्न चाहन्छु- उच्च नैतिकताको आधारमा राजनीमा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’

पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ भनी प्रश्न पनि गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यूले पटकपटक सुशासनको चिन्ताले गठबन्धन तोडेको भन्नुभो। जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो त्यही मन्त्रालयको तालाचाबी अनुसन्धान गर्नुपर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुन्छ ?

पौडेलेले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गर्न आग्रह पनि गरे। उनले भने, ‘सुन प्रकरणले धेरैलाई प्रश्न गरेको छ।

प्रधानमन्त्रीज्यू प्रश्नैप्रश्नले घेरिएको मान्छेका बीचमा बसेर सुशासन लागु हुन्छ ? कि सुशासन भनेको भन्ने कुरा हो ? सबै प्रकरणमा छानबिन हुने ग्यारेन्टी र प्रधानमन्त्रीबाट त्यसअनुसारको प्रतिबद्धता नआएसम्म कांग्रेसले प्रश्न उठाइरहने पौडेलले बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...