News Portal

  • संसद्मा देखिएका कानेखुशीका यी दृश्य !

    ज्ञानु घिमिरे
    २२० पटक

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएको दिन बुधबार प्रतिनिधि सभामा केही रोचक दृश्य देखिए। विश्वासको मत दिने–नदिने विषयमा नेताहरूवीच घोचपेचदेखि गठजोडसम्म देखियो।

    माधव नेपाल र केपी शर्माको कानेखुसी पनि रोचक देखियो। मुख कुल्ला गर्न मन लाग्छ भन्ने ओलीले आफैं माधव नेपाल बसेको ठाउँमा गएर हात मिलाए। ओली नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठसँग गफिए।

    रञ्जितासँग कुरा गर्दै मत दिएर फर्किएका ओलीले छेउमा माधव नेपाल देखेपछि हात मिलाएर कुराकानी गरे। एमाले अध्यक्ष ओली खुसी थिए तर माधव नेपाल खुसी देखिएनन्। रञ्जिताले ओलीसँग कुरा गरेपछि प्रचण्ड बसेकै सिटमा आएर प्रधानमन्त्रीसँग कानेखुसी गरिन्।

    प्रधानमन्त्री प्रचण्डले देउवालाई भने खासै वास्ता गरेनन्। माधव नेपाल र प्रचण्डसँग देउवा टाढा रहेका थिए। न देउवाले बोलाए न त माधव र प्रचण्डले नै देउवालाई बोलाए। उनी एक्लिएका थिए।

    पछाडी बसेकी सांसद आरजु राणा पनि चुपचाप थिइन्। दायाँ पक्षमा देउवा र बायाँ पक्षमा बसेका प्रचण्डबीच बोलचालको त कुरै नगरौँ, हेराहेरसम्म भएको देखिएन।

    फागुन २० गतेसम्म ठिकठाक रहेको उनीहरूको सम्बन्ध फागुन २१ गतेबाट चिसो भएका कारण आज प्रचण्डले एमालेसँग मिलेर कांग्रेसलाई चित्त दुखेको देखियो। किनकि छेउमै बसेका देउवा र प्रचण्डको हेराइ विपरीत दिशातिर थियो।

    तर, प्रचण्डसँग पूर्णबहादुर खड्काले भने हात मिलाए। खड्कासँगै हिँडेका कांग्रेस सचेतक रमेश लेखकले भने प्रचण्डलाई खासै वास्ता गरेनन्। प्रचण्डको विपक्षमा मतदान गरेर कांग्रेस सभापति देउवा र गगन थापा र रामहरि खतिवडासँगै हलमा छिरेका थिए।

    पछिपछि ज्ञानेन्द्र बहादुर कार्की पनि थिए। उनीहरूले माओवादी नेतातिर त्यति ध्यान दिएनन्। कांग्रेस सांसद रामहरि खतिवडाले प्रचण्डलाई केही सोधेको देखियो। गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई कांग्रेसका धेरै नेताले कानेखुसी गरेको देखियो। उनीसँग कांग्रेस नेता रामहरि खतिवडा, अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मा र शेरबहादुर देउवाले हात मिलाए।

    कांग्रेस नेता केसीले डीपी अर्याल र मनिष झासँग पनि कुरा गरे। रास्वपा सांसद स्वर्णिम वाग्ले, हरि ढकाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि कुरा गरिरहेको देखियो। एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेसँग पनि कांग्रेस नेता केसीले केहीबेर कुरा गरे।

    त्यसपछि केसीले प्रचण्डलाई गएर भेटे र केही कुरा सुनाए जस्तो देखियो। एमालेका प्रमुख सचेतक महेश बर्तौला र राजेन्द्र पाण्डेले पनि हात मिलाएका थिए। एमाले सांसद योगेश भट्टराई र रास्वपाका सांसद तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पनि कुरा गरिरहेका देखिन्थे।

    प्रतिपक्षीको बेन्चमा बसेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू भने उठेको समेत देखिएन। यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल पनि कुरा गरिरहेका देखिन्थे। विपक्षी दल राप्रपा सांसद लिङ्देन र कांग्रेस सांसद शशांक कोइराला भने पछाडि बसेर गफ गरिरहेका देखिए।

    कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा बोलेका थिए। उनले प्रचण्डलाई भनेका थिए, ‘यहाँबाट धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू’।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...

    युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली...

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर...

    केपी ओली सरकार हिटलरी मार्गमा

    – कमला थापा २०८२ भदौ २३ गते। आजबाट नाति पुस्ताको आन्दोलन सुरु भयो। १९९७, २०१२/१५...

    जेनजी आन्दोलनमा रबरको गोलीले लागेर पत्रकार घाइते

    काठमाडौं, भदौ २३ – नयाँबानेश्वर क्षेत्रमा भइरहेको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर...