News Portal

हारजित चुनावको सुन्दर पक्ष हो : युवराज शर्मा

हिमालीसंचार संवाददाता
२१७ पटक

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदको उमेदवार बनेका युवराज शर्माले आफूले जितेको खण्डमा संसदीय सीमाभित्र रहेर काम गर्ने बताएका छन्।

उमेदवारी दर्ता गराएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा कसैको हारजित नहुने बताए। “लोकतन्त्रमा कसैको जित पनि हुन्न, कसैको हार पनि हुन्न। हारजित चुनावको सुन्दर पक्ष हो,” उनले भने।

अंकगाणितका हिसाबले कमजोर भएपछि पार्टीले टिकट दिएको हो ? भन्ने प्रश्नमा उनले भने, “पार्टीले यो निर्णय मेरो नाममा अगाडि गरेको हो। अरू मलाई थाहा छैन,” शर्माले भने।

राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहालले उमेदवारी दर्ता गराएका छन्। अध्यक्षको निर्वाचन भोलि मंगलबार हुँदैछ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...