News Portal

इलाम-२ उपनिर्वाचनमा पहिचानवादीहरुले साझा उम्मेद्वार पठाउने निर्णय

हिमालीसंचार संवाददाता
२७७ पटक

फाल्गुण-२३, बुधबार/काठमाडौं – आगामी वैशाख १५ गते हुने इलाम-२ उपनिर्वाचनमा पहिचानवादीहरुको तर्फबाट डकेन्द्रसिंह थेगिम र केपी पालुङ्वामध्ये एकजनालाई साझा उम्मेदवार पठाउने भएका छन् ।

किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष जनक राईका अनुसार इलाम-२ उपनिर्वाचनमा थेगिम र पालुङ्वाको नाम सर्टलिस्टमा लिस्टिट गर्दै एकजनालाई पहिचानवादीको तर्फबाट साझा उम्मेदवार बनाउने निर्णय गरिएको हो। थेगिम हाल प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत हुन् ।

पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष हुन् । उनले २०७९ को निर्वाचन पनि लडेका थिए । त्यसबेला १ हजार २७२ मत पाएका थिए । सो क्षेत्रबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मतसहित विजयी भएका थिए । नेम्वाङको प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

पालुङ्वा २०७४ को निर्वाचनमा पनि इलाम-२ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १ हजार ३०८ मत पाएको निर्वाचन आयोगले उल्लेख गरेको छ ।२०७४ को निर्वाचनमा पनि एमालेका नेम्वाङ नै ३६ हजार ५१७ मत ल्याएर विजयी भएका थिए । उनको ह्रदयघातका कारण गत भदौ २६ गते निधन भएको थियो ।

यसपटक पहिचानवादीहरुले पहिचानविरोधी भन्दै एमाले–कांग्रेसका उम्मेदवारलाई जित्न नदिने प्रयास अनुरुप साझा उम्मेदवार उठाउने तयारी गरेका हुन् ।प्रदेश नं १ को नाम कोशी प्रदेश राखेपछि आन्दोलनरत उनीहरुले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार पछाउने प्रबल सम्भावना रहेको छ।

कोशी प्रदेशविरुद्धको आन्दोलनरत राजनीतिक भन्दा पनि पहिचान र सामाजिक भावनाबाट उम्मेद्वार उठाइएको हो। तर, आन्दोलनका अभियान्ताहरु नै दलगत रुपले एमाले, कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका कार्यकर्ता रहेका छन् ।

पछिल्लो समय सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई हटाएर माओवादी–एमाले–रास्वपा–र जसपा गठबन्धन बनाउदै नया समिकरणको थालेका छन्। अब फेरी एमालेसँग एकता गर्ने भन्दै वाम एकताको नयाँ अध्याय सुरु भएको प्रतिक्रिया पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...