News Portal

इलाम-२ उपनिर्वाचनमा पहिचानवादीहरुले साझा उम्मेद्वार पठाउने निर्णय

हिमालीसंचार संवाददाता
३२४ पटक

फाल्गुण-२३, बुधबार/काठमाडौं – आगामी वैशाख १५ गते हुने इलाम-२ उपनिर्वाचनमा पहिचानवादीहरुको तर्फबाट डकेन्द्रसिंह थेगिम र केपी पालुङ्वामध्ये एकजनालाई साझा उम्मेदवार पठाउने भएका छन् ।

किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष जनक राईका अनुसार इलाम-२ उपनिर्वाचनमा थेगिम र पालुङ्वाको नाम सर्टलिस्टमा लिस्टिट गर्दै एकजनालाई पहिचानवादीको तर्फबाट साझा उम्मेदवार बनाउने निर्णय गरिएको हो। थेगिम हाल प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत हुन् ।

पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष हुन् । उनले २०७९ को निर्वाचन पनि लडेका थिए । त्यसबेला १ हजार २७२ मत पाएका थिए । सो क्षेत्रबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मतसहित विजयी भएका थिए । नेम्वाङको प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

पालुङ्वा २०७४ को निर्वाचनमा पनि इलाम-२ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १ हजार ३०८ मत पाएको निर्वाचन आयोगले उल्लेख गरेको छ ।२०७४ को निर्वाचनमा पनि एमालेका नेम्वाङ नै ३६ हजार ५१७ मत ल्याएर विजयी भएका थिए । उनको ह्रदयघातका कारण गत भदौ २६ गते निधन भएको थियो ।

यसपटक पहिचानवादीहरुले पहिचानविरोधी भन्दै एमाले–कांग्रेसका उम्मेदवारलाई जित्न नदिने प्रयास अनुरुप साझा उम्मेदवार उठाउने तयारी गरेका हुन् ।प्रदेश नं १ को नाम कोशी प्रदेश राखेपछि आन्दोलनरत उनीहरुले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार पछाउने प्रबल सम्भावना रहेको छ।

कोशी प्रदेशविरुद्धको आन्दोलनरत राजनीतिक भन्दा पनि पहिचान र सामाजिक भावनाबाट उम्मेद्वार उठाइएको हो। तर, आन्दोलनका अभियान्ताहरु नै दलगत रुपले एमाले, कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका कार्यकर्ता रहेका छन् ।

पछिल्लो समय सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई हटाएर माओवादी–एमाले–रास्वपा–र जसपा गठबन्धन बनाउदै नया समिकरणको थालेका छन्। अब फेरी एमालेसँग एकता गर्ने भन्दै वाम एकताको नयाँ अध्याय सुरु भएको प्रतिक्रिया पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...