News Portal

मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाण्डौ। मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बैठक दिउँसो तीन बजे डाकिएको छ।

त्यसअघि सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्नेछ। प्रतिनिधि सभामा नेकपा (एमाले) का ७७, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ सांसद छन्।

सोमबार यी दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो। १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको छ।

उनीहरूसँग छलफल सकिएपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट हुनेछ। नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी)ले मन्त्रीको शपथसमेत लिइसकेका छन्।

मन्त्रालयको टुंगो नलागेकोले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिएका हुन्। सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र उपाध्यक्ष श्रेष्ठ निवासमै पुगेका थिए। भेटमा नयाँ गठबन्धनमा सहकार्य गर्न प्रस्ताव गरिएको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...