News Portal

हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्।

अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग रहेको छ। यसै विषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए।

अभियानले हालसम्म ८ सय ५० महासमिति सदस्यहरूको हस्ताक्षर जुटाइसकेको नेता ढकालले बताए। हजार सदस्यहरूको हस्ताक्षर जुटाउने उनीहरूको लक्ष्य रहेको छ।

बहुमत सदस्यहरूको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रूपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरूको रणनीति देखिन्छ।

यो अभियानलाई नेपाली कांग्रेसकै जनजाति, मुस्लिम भ्रातृ संगठन र केही शीर्ष नेताहरूले असहयोग गरिरहेको अभियानका सदस्यको भनाई छ।

हिजो मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा. सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरिसकेका छन्।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए। महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन्।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो। अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए।

गौतमबुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ।

महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभाहल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन्।

बुढानीलकण्ठमा बुधबार भएको भेटमा देउवाले जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्न सुझाव दिएका छन्। ‘देउवाले प्रस्ताव पेश गर्नुस् भन्नुभयो, समय चापका कारण छलफल गराउन सकिन्न होला भन्नुभयो। हामीले यो अजेण्डा पारित नगरे पार्टीभित्रदेखि सरकारसम्मलाई अप्ठेरो पर्ने चेतावनी दियौं’ भेटपछि भण्डारीले भने।
– रातोपाटीबाट।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...