News Portal

हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा होईन : बुद्धिमान तामाङ

हिमालीसंचार संवाददाता
१९८ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताउनुभएको छ।

मंंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै तामाङले यस्तो बताउनुभएको हो। उहाँले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गर्नुभयो।

तामाङले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तनक, मंहगी नियन्त्रण जस्तो आन्दोलन नभएको बताउनुभयो। उहाँले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

पर्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन शुरु गर्न लागेको बताउनुभयो। उहाँले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।

सांसद जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गर्नुभयो। उहाँले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...