News Portal

धनगढी विमानस्थलमा भीम रावल र लेखराज भट्टको जम्काभेट

हिमालीसंचार संवाददाता
४१९ पटक

धनगढी। कैलालीको धनगढी विमानस्थलमा नेकपा एमालेका नेताहरू भीम रावल र लेखराज भट्टको बिचमा जम्काभेट भएको छ। एमालेका सचिव भट्ट र पूर्व उपाध्यक्ष रावलको बिचमा मङ्गलवार विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो।

एमाले कैलालीको अधिवेशनको उद्घाटनमा आएका भट्ट केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौँ जाँदै थिए। रावल अछामको वैद्यनाथ कोटिहोममा सहभागी हुन सुदूरपश्चिम आएका हुन्।

विमानस्थलको विशिष्ट कक्षमा उनीहरूको बिचमा राजनीतिक विषयमा कुरा भएन। तर, भट्टले रावललाई घरमा जारी महायज्ञको प्रसाद ग्रहणका लागि निम्तो दिएका छन्। उनीहरूको बिचमा विमानस्थलको विशिष्ट कक्षमा ३० मिनेट भन्दा बढी कुराकानी भएको हो।

भट्टले ठट्‍टा गर्दै रावललाई भने, ‘कमरेड अब पार्टी बनाउन एउटा ठुलो महायज्ञ लाउनु पर्यो।’ भट्टलाई रावलको उत्तर थियो, ‘म तयार नै छु। तर, महायज्ञमा स्वाहा–स्वाहा गर्ने बाहुनले पर–पर पर भनेपछि के गर्ने ?’

उनीहरूको भेटका क्रममा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य सहदेव बोगटी, कमला बोहरा, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउँदलगायत उपस्थित थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...