News Portal

धनगढी विमानस्थलमा भीम रावल र लेखराज भट्टको जम्काभेट

हिमालीसंचार संवाददाता
३६१ पटक

धनगढी। कैलालीको धनगढी विमानस्थलमा नेकपा एमालेका नेताहरू भीम रावल र लेखराज भट्टको बिचमा जम्काभेट भएको छ। एमालेका सचिव भट्ट र पूर्व उपाध्यक्ष रावलको बिचमा मङ्गलवार विमानस्थलको विशिष्ट कक्षमा भेट भएको हो।

एमाले कैलालीको अधिवेशनको उद्घाटनमा आएका भट्ट केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौँ जाँदै थिए। रावल अछामको वैद्यनाथ कोटिहोममा सहभागी हुन सुदूरपश्चिम आएका हुन्।

विमानस्थलको विशिष्ट कक्षमा उनीहरूको बिचमा राजनीतिक विषयमा कुरा भएन। तर, भट्टले रावललाई घरमा जारी महायज्ञको प्रसाद ग्रहणका लागि निम्तो दिएका छन्। उनीहरूको बिचमा विमानस्थलको विशिष्ट कक्षमा ३० मिनेट भन्दा बढी कुराकानी भएको हो।

भट्टले ठट्‍टा गर्दै रावललाई भने, ‘कमरेड अब पार्टी बनाउन एउटा ठुलो महायज्ञ लाउनु पर्यो।’ भट्टलाई रावलको उत्तर थियो, ‘म तयार नै छु। तर, महायज्ञमा स्वाहा–स्वाहा गर्ने बाहुनले पर–पर पर भनेपछि के गर्ने ?’

उनीहरूको भेटका क्रममा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य सहदेव बोगटी, कमला बोहरा, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउँदलगायत उपस्थित थिए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...