News Portal

कांग्रेस महासमितिमा सहभागिताको विवाद मिल्यो

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं। नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई महासमिति बैठकमा आमन्त्रितरूपमा बैठकमा सहभागी गराउने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएकाहरूको हकमा यही फागुन ७ देखि १० गतेका लागि आयोजित महासमिति बैठकमा सबै महाधिवेशन प्रतिनिधिलाई आमन्त्रितरूपमा सहभागी गराउने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको बैठकले महासमिति सदस्यको टुङ्गो लागिनसकेका बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौँ क्षेत्र नं ५, दाङ क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बागलुङ क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ जिल्ला तथा निर्वाचन क्षेत्रका हकमा सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, नेपाल लोकतान्त्रिक खेलकूल सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल थारू सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र नेपाल मुस्लिम सङ्घका हकमा अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको छ।

त्यस्तै कांग्रेसको १४औँ महाधिवेशनपश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनका हकमा पनि अध्यक्षसहित तीनजना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरिएको छ।

कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...