News Portal

राजनीतिमा आउने विजय लामाको घोषणा

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं। अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन्। उनी पेशाले विमान चालक (पाइलट) हुन्। सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन्।

सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ। कुनै बेलाका लङ टेनिसको राष्ट्रिय स्तरको खेलाडी समेत हुन्, उनी। अब उनी पेशाबाट विश्राम लिएर राजनीतिमा आउने भएका छन्।

शनिबार फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन धरान पुगेको समयमा उनले पत्रकार अनुप भट्टराईसँगको कुराकानीमा भनेका छन्, ‘म राजनीतिमा अवश्य प्रवेश गर्छु। जतिले पनि खेमागत रुपमा मिलेर देश भत्काए, मेरो कम्पनी भत्काए, नेपालीत्व भत्काए, तिनीहरुमाथि बदला लिनका लागि म आउँछु। एक वर्षपछि राजनीतिमा आउँछु। म चुनाव लड्नका लागि तयार हुँदैछु।’

नेपाल एयरलाइन्सको जागिरबाट रिटायर्ड भैसके पनि अझै काम गरिरहेका लामाले एक वर्षपछि अवकाश लिने बताएका छन्।

‘म जागिरबाट रिटायर्ड भैसकेको छु। तर, मैले अझै धेरैलाई तालिम दिन बाँकी छ,’ उनी भन्छन्, ‘हामीले नयाँ विमान चालकहरु तयार गर्दैछौं। मैले रिटायर्ड भएर पनि काम गरेको २ वर्ष जति भयो। मैले चाहेँ भने अझै ५ वर्ष गर्न सक्छु। तर, अब धेरै समय गर्दिनँ।’

यही फागुन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘गोर्खा वारियर’मा मुख्य भूमिकामा अभिनय गरेका उनी गोर्खालीको कथामा धेरै फिल्म बन्नुपर्ने बताउँछन्। उनले भने- ‘वीर गोर्खालीको बारेमा हजारौं कथा छन्, तर त्यो पर्दामा आउन सकेको थिएन। यसपटक मिलन चाम्सको टिमले त्यो आँट गरेको छ। यस्तो कथामा धेरै फिल्म बन्नुपर्छ। ‘गोर्खा वारियर’ दर्शकलाई नयाँ अनुभव हुनसक्छ।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...