News Portal

राजनीतिमा आउने विजय लामाको घोषणा

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं। अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन्। उनी पेशाले विमान चालक (पाइलट) हुन्। सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन्।

सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ। कुनै बेलाका लङ टेनिसको राष्ट्रिय स्तरको खेलाडी समेत हुन्, उनी। अब उनी पेशाबाट विश्राम लिएर राजनीतिमा आउने भएका छन्।

शनिबार फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन धरान पुगेको समयमा उनले पत्रकार अनुप भट्टराईसँगको कुराकानीमा भनेका छन्, ‘म राजनीतिमा अवश्य प्रवेश गर्छु। जतिले पनि खेमागत रुपमा मिलेर देश भत्काए, मेरो कम्पनी भत्काए, नेपालीत्व भत्काए, तिनीहरुमाथि बदला लिनका लागि म आउँछु। एक वर्षपछि राजनीतिमा आउँछु। म चुनाव लड्नका लागि तयार हुँदैछु।’

नेपाल एयरलाइन्सको जागिरबाट रिटायर्ड भैसके पनि अझै काम गरिरहेका लामाले एक वर्षपछि अवकाश लिने बताएका छन्।

‘म जागिरबाट रिटायर्ड भैसकेको छु। तर, मैले अझै धेरैलाई तालिम दिन बाँकी छ,’ उनी भन्छन्, ‘हामीले नयाँ विमान चालकहरु तयार गर्दैछौं। मैले रिटायर्ड भएर पनि काम गरेको २ वर्ष जति भयो। मैले चाहेँ भने अझै ५ वर्ष गर्न सक्छु। तर, अब धेरै समय गर्दिनँ।’

यही फागुन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘गोर्खा वारियर’मा मुख्य भूमिकामा अभिनय गरेका उनी गोर्खालीको कथामा धेरै फिल्म बन्नुपर्ने बताउँछन्। उनले भने- ‘वीर गोर्खालीको बारेमा हजारौं कथा छन्, तर त्यो पर्दामा आउन सकेको थिएन। यसपटक मिलन चाम्सको टिमले त्यो आँट गरेको छ। यस्तो कथामा धेरै फिल्म बन्नुपर्छ। ‘गोर्खा वारियर’ दर्शकलाई नयाँ अनुभव हुनसक्छ।’

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...