News Portal

संघीयताको संंरचना राज्यले धान्न सक्दैन, पुनर्विचार गर्नुपर्छ : नेता घिमिरे

हिमालीसंचार संवाददाता
२०९ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सात सय ६१ वटा सरकार देशको अर्थतन्त्रले धान्न नसक्ने बताएका हुन्।

अर्थ मन्त्रालयले बजेटको सिलिङ आधा घट्ने सम्भावना छ भनेर पालिकाहरु र प्रदेशलाई सूचना पठाइसकेको उनले बताए।

‘यो सात सय ६१ वटा सरकार हामीले जुन बनायौं, यो देशको अर्थतन्त्रले यसलाई धान्दैन। अब अहिले सबै अनुदानहरु कटौती हुँदैछन्। अर्थमन्त्रालयले सूचना पठाइसक्यो। बजेटको सिलिङ आधा घट्ने सम्भावना छ भनेर पालिकाहरु र प्रदेशलाई सूचना पठाइसक्यो,’– उनले भने।

साथै, समानुपातिक प्रणाली रहेसम्म मुलुकमा स्थिर सरकार नबन्ने उनको दाबी छ। उनले धर्म निरपेक्षता र गणतन्त्रबारे कांग्रेस अडिग रहेको बताए।

कांग्रेस विस्तार अराजकताको भीडतर्फ अगाडि बढिरहेको उनको टिप्पणी छ। कांग्रेस सच्चिन आवश्यक रहेको बताउँदै उनले आगामी महासमिति बैठकमा यसबारे गम्भीर छलफल हुने बताए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...