News Portal

समाजवादी प्रेस संगठन पर्साको सम्मेलन सम्पन्न, अध्यक्षमा मियाँ र सचिवमा यादव

हिमालीसंचार संवाददाता/अमृता राई
२३७ पटक

माघ-१२, शुक्रबार/पर्सा – समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।

वीरगंज स्थित माईस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वको उपाध्यक्षमा दिपक कुशवाहा, सचिवमा राम अनुप यादव, सह–सचिवद्वयमा श्रीराम रौनियार र जय कुमार यादव, कोषाध्यक्षमा रामेश्वार चौरसिया, सदस्यहरुमा अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, दिपक चौरसिया, बिरेन्द्र भट्टराई, छोटु रौनियार, मयन्क गुप्ता, रोशन कुमार, आकाश पटेल, राजकिशोर भगत, सागर कुमार, अरुण कुमार, जितेन्द्र कुमार, बिनय कुमार मुखिया सर्वसहमत चयन भएका छन् ।

विशेष जिल्ला सम्मेलनका संयोजक आशमहम्मद मियाँको सभापतित्वमा सम्पन्न सो सम्मेलनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी पर्साका सचिवालय सदस्य एवं केन्द्रिय प्रचार विभाग सदस्य राघव साहले नवनिर्वाचित समितिलाई शपथ खुवाएका थिए । 

शपथ खुवाउदै प्रमुख अतिथि साहले यस जिल्लाका समाजवादी प्रेस संगठनलाई भाडभैलो मच्चाउन पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा र संगठनका महासचिव रामकुमार ऐलन तथा केही कुतत्वहरु करिब एक वर्षदेखि लागेको हुनाले पर्साको संगठन कमजोर भएको बताए । 

संगठनका केन्द्रिय सल्लाहकार समेत रहेका साहले वीरगंजमा केन्द्रिय पदाधिकारीहरु आईसकेको अवस्थामा दुबै पक्षको समस्या समाधान गरी एउटा आयोजक कमिटी बनाएर एकै थलोमा सम्मेलन गर्ने निश्चित जस्तै भए पनि पार्टी अध्यक्ष थापा र महासचिव ऐलनको लहलहैमा लागेर संगठनका अध्यक्ष विश्वमणी सुबेदीले एकपक्षिय सम्मेलनमा सहभागी हुनुले संगठनको लागि हित नदेखिएको बताए ।

अध्यक्ष सुबेदीले एक पक्षिय सम्मेलनको सुरसार सुरु गर्न थालेपछि दुई चार जना बाहेक बाकी पदाधिकारीहरु सम्मेलनमा सहभागी नभएको चर्चा गर्दै साहले आशमहम्मद मियाँ नेतृत्वको बहुमत पक्षलाई कदर गरी मैले यहाँहरुको सम्मेलनमा सहभागी भएको बताए । 

संगठनका प्रायः नेताहरु वीरगंजमा आएर पनि एउटा जिल्लाको समस्या समाधान गर्न नसक्नु दुःखद पक्ष रहेको औल्याउदै साहले अध्यक्ष सुबेदी असंक्षम र अनुभवविहिन रहेको जिकिर गरे । साहले समाजवादी प्रेस संगठन नेपाल श्रमजिवि पत्रकारहरुको संगठन रहेकोमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...