News Portal

मोरङको रंगेलीमा कोईलाको अभावमा कर्मकार समुदायको पेशा संकटमा

रबिन्द्र बराल, मोरङ
४०१ पटक

माघ-६, शनिबार/मोरङ – मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोला चोक तथा आसपासमा बर्षौदेखि हसियाँ, कुटो-कोदालो लगायतका सामाग्रीहरु नयाँ बनाउनुका साथै पुरानो सामानलाई धार लगाउने  व्यवसाय गर्दे आईरहेका कर्मकार समुदायहरुको पेशा संकटमा परेको छ। 

अहिले आफ्नो व्यवसाय सङ्कटमा पर्ने थाले पछिल्लो  समय उनीहरु चिन्तित हुन थालेका हुन । बिगत ५ बर्ष अगाडि गाउँ घरमा प्रसस्त रुपमा कोइला खरिद गरेर आफ्नो व्यवसाय सञ्चालन गर्दे आईरहेता पनि बिगत  एक बर्षदेखि कोइलाको अभावका कारण आफ्नो पेसा सङ्कटमा पर्न थालेको ३५ बर्षदेखि व्यवसाय संचालन गर्दे आईरहेका रंगेली- ३ का सतु कर्मकारले बताए । 

१० बर्ष अगाडि गाउँ घरमा प्रस्त रुपमा दाउराको प्रयोग गरेर खाना पकाउने र उक्त दाउराबाट कोईला आफुहरुले खरिद गरेर हसियाँ, कुटो कोदालो जस्ता सामग्री बनाएर बिक्रीवितरण समेत गर्दे आईरहेको भएता पनि अहिले कोइला नपाउदा आफूहरु चिन्तित बन्दै गएको उनीहरुले बताए। 

बर्षेदेखि सोहि पेशाबाट आफ्नो परिवारको पालनपोषण गर्दे आईरहेता पनि अब कसरी परिवार पाल्ने भन्ने चिन्तित हुन थालेका हुन। अहिले गाउँ घरमा समेत सामान्य जीवन यापन गर्ने समुदायहरुले  समेत ग्यास चुह्लो र गोबर ग्यासको प्रयोग बढेपछि कोईलाको अभाव हुन थालेको कारणले व्यवसाय नै धरासाईमा परको र पेशा नै बन्द हुने अवस्थामा पुगेको रंगेली-६ घर भएकी लालमणी सुतिहारले बताईन। 

बिगतका दिनहरुमा ईट्टा उद्योगहरुमा ईट्टा बनाएर निकालिएको कोईलाले फलामको सामग्रीहरु बनाएर बिक्रीवितरण गरेता पनि अहिले ईट्टा उद्योगमा समेत हावाको माध्यमबाट ईट्टा पकाउन थालेपछि कोइलाको अभाव हुन थालेको र आफ्नो पेसा थप सङ्कटमा परेको अर्को व्यवसाय गर्दे आईरहेका  सुरेन्द्र कार्मकारले बताए   

अहिले काचो खरिद गर्दा समेत प्रतिकेजी ४५ रुपैयाँ देखि ६० रुपैयाँसम्म पर्ने गरेको र उक्त कोईलाबाट आफूहरुले काम गर्दे बढी धुवाँ, बढी निस्कने र उक्त धुवाँबाट विभिन्न प्रकारको रोग समेत  उत्पन्न हुने डरले गर्दा काचो काईला प्रभावकारी नभएको समेत उनीहरुले बताए । 

कोइलाको खरिद गर्न नपाउदा आफूहरुले काठ ४ सय रुपैयाँको खरिद गरेर २ सय रुपैयाँ बराबरको कोईला निकालेर आफूहरुले आफ्नो व्यवसाय संचालन गर्न वाध्य रहेको सुरेन्द्रले बताए। सोहि पेशाबाट परिवारको जीवनयापन गरिरहेको भएता पनि अब कोईला नहुदा व्यवसाय नै सङ्कटमा पर्ने र परिवार समेत पालनपोषण गर्ने समस्या समेत हुने उनीहरुले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...