News Portal

प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाण्डौ। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एयरलाइन्सबाट प्रस्थान गरेका हुन्।

युगान्डाको राजधानी कम्पालामा १९ र २० जनवरीमा नाम शिखर सम्मेलन हुँदैछ। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार ‘साझा विश्वव्यापी समृद्धिका लागि विश्वव्यापी सहयोग प्रगाढ’ भन्ने नाराका साथ हुन लागेको शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। युगाण्डाका राष्ट्रपतिले सोही दिन नेपाल भ्रमणमा रहेका प्रतिनिधिमण्डलका प्रमुखहरुको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा उनी सहभागी हुन लागेका हुन्।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सहभागी देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री एनपी साउद यसअघि नै नाम शिखर सम्मेलनको मुख्य कार्यक्रममा मन्त्रीस्तरीय बैठकमा सहभागी हुन युगान्डा प्रस्थान गरेका थिए।

१९ औँ शिखर सम्मेलनमा मन्त्रिस्तरीय प्रतिवेदनमाथि छलफल, १८औँ नाम शिखर सम्मेलनको कार्यान्वयन अवस्थाको समीक्षा र कम्पाला घोषणा पारित गर्ने बताइएको छ।

नेपाल NAM को संस्थापक सदस्य हो र स्थापना भएदेखि नै NAM शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नता नेपालको आधारभूत विदेशी सिद्धान्त मध्ये एक हो। NAM 1961 मा स्थापना भएको थियो।

प्रधानमन्त्री दाहाल माघ २१ गते स्वदेश फर्कने छन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...