News Portal

पोखरामा रास्वपा सभापति लामिछानेमाथि आक्रमण, एक जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
३६२ पटक

पौष-७, शनिबार/काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि पोखरामा आक्रमण भएको छ। पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार सभापति लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । उनले प्रहार गरेको खोया मञ्चमा पुगेको थियो ।

रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए।

सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जेबी) राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् । 

राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको र ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक सेयर लगानी गरेको फेला परेको थियो। रानाभाटले सभापति लामिछानेले समेत सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...