News Portal

एक बर्षपछिको प्रधानमन्त्रीको मुख मिठ्याउँदै माधव नेपाल, छिर्के हान्ने दाउमा देउवा

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बर्षमा समयअवधिअनुसार प्रधानमन्त्री पद सम्हाल्ने सहमति भएको चर्चा थियो।

जसअनुसार पहिलो २ बर्षको कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाउने भद्र सहमति भएअनुसार एक बर्षको अवधि सकिएको छ। अब एक बर्ष चलाएपछि प्रचण्डले छाड्नुपर्ने हुन्छ।

यस्तै, बीचको एक बर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पद सम्हाल्ने सहमति भएको चर्चा छ। यसैअनुसार अबको बर्ष दिनपछिको प्रधानमन्त्री पदका लागि उनी मुख मिठ्याएर बसेका छन्।

र, अन्तिमको २ बर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने भनिएको थियो। तर राजनीति भएका कारण जुनसुकै बेला पनि फरक स्थिति आउन सक्नेमा कुनै दुईमत देखिँदैन।

जसरी प्रधानमन्त्री बनाउने बेला गत बर्षको पुस १० मा देउवाले पहिलो कार्यकालको अडान नछाड्दा प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर सत्ता समीकरण परिवर्तन गरेका थिए।

‘कांग्रेस सभापतिले बीचको एक बर्ष नभई अन्तिम तीन बर्ष आफैं चलाउने भनेर दाबी गर्नुभएको छ। सायद अबको बर्ष दिनपछिको प्रधानमन्त्रीमा उहाँको दाबी रहन्छ’, उच्च स्रोतले भन्यो,‘त्यसो भएन भने सत्ता समीकरण बदलिन पनि सक्नेछ।’

तीन बर्ष प्रधानमन्त्री बन्नका लागि देउवाले एमालेको समर्थन लिन सक्ने स्थिति पनि बन्ने कतिपयले विश्लेषण र टिकाटिप्पणी गरेका छन्। यो किन पनि सम्भावना छ भने एमाले अध्यक्ष ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पदमा देख्न रुचाउँदैनन्।

‘माधवकुमार नेपालको चाहनालाई पूरा हुन नदिनका लागि एमालेले देउवालाई प्रलोभनपूर्ण प्रस्ताव गर्न सक्छ। फेरि एक बर्षसम्म प्रधानमन्त्रीको पद कुर्नुभन्दा सत्ता समीकरण परिवर्तन हुने सम्भावनालाई नकार्न सकिँदैन’, स्रोतले भन्यो,‘पहिलो कार्यकालका निम्ति प्रचण्डले बाटो मोड्न सक्छन् भने देउवाले नमोड्ने भन्ने कुरा हुँदैन।’

देउवा र ओलीको सम्बन्ध सुमधुर रहेको सन्देश यसअघि नै गइसकेको छ। संकल्प यात्राका क्रममा डडेल्धुरा पुगेका ओलीले देउवालाई फोन गरेर हार्दिकताका साथ कुराकानी गरेको भिडिओ बाहिरिएको थियो। यसकारण कांग्रेसलाई गठबन्धनबाट अलग गराउनका लागि एमाले जुनसुकै चाल चल्न सक्ने स्थिति छ भने प्रधानमन्त्रीका लागि देउवाले छिर्के हान्न सक्ने अनुमान स्वभाविक हुने राजनीतिक टिप्पणीकारहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...