News Portal

सिटौलालाई राष्ट्रिय सभामा उठाउन सर्वसम्मत सिफारिस

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो।

संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न काँग्रेस झापाको विस्तारित बैठक बसेको थियो।

जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ-नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईँले बताए।

शुक्रवार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए भने सचिव राम कट्टेलले समर्थन गरेका थिए। सिटौला झापाको भद्रपुर नगरपालिका तथा क्षेत्र ३ का स्थायी बासिन्दा हुन्।

सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक‚ संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन्।

राष्ट्रियसभामा सिटौला निर्वाचित भए राष्ट्रियसभाको अध्यक्ष बनाइने सम्भावना रहेको चर्चा पनि राजनीतिक वृत्तमा केही दिनदेखि चलेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...