News Portal

सिटौलालाई राष्ट्रिय सभामा उठाउन सर्वसम्मत सिफारिस

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो।

संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न काँग्रेस झापाको विस्तारित बैठक बसेको थियो।

जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ-नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको जिल्ला सचिव कृष्णप्रसाद हुमागाईँले बताए।

शुक्रवार बसेको बैठकमा पार्टी जिल्ला सभापति देउमान थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए भने सचिव राम कट्टेलले समर्थन गरेका थिए। सिटौला झापाको भद्रपुर नगरपालिका तथा क्षेत्र ३ का स्थायी बासिन्दा हुन्।

सिटौलाले नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक‚ संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका छन्।

राष्ट्रियसभामा सिटौला निर्वाचित भए राष्ट्रियसभाको अध्यक्ष बनाइने सम्भावना रहेको चर्चा पनि राजनीतिक वृत्तमा केही दिनदेखि चलेको छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...