News Portal

काठमाडौं-धरानका मेयरको नेतृत्वमा नयाँ दल गठन हुन्छ त?

हिमालीसंचार संवाददाता
३५५ पटक

पौष-२,सोमबार/काठमाडौं – देशमा पछिल्लो समय काठमाडौ-धरानका स्वतन्त्र मेयरद्वय बालेन्द्र शाह र हर्कराज राई साम्पाङको नेतृत्वमा नयाँ दल खोल्न लागेकोबारे चर्चा सामाजिक संजालमार्फत चर्चापरिचर्चा शुरु हुन थालेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलगायतको सक्रियतामा नयाँ पार्टी खोल्न लागेको चर्चा शुरु भएको हो । काठमाडौं र धरानबाट दुबै मेयर स्वतन्त्र लौरो चुनाव चिह्नमार्फत चुनाव लडेर  स्थानीय सरकारको नेतृत्वमा पुगेकाद्वय मेयरले नयाँ दल खोल्न लागेको चर्चा चल्न थालेको हो।

काठमाडौं र धरानका यी दुबै मेयरले वर्तमान राजनीतिक दलका नेताहरुप्रति सामाजिक संजालमार्फत तिखो प्रहार गर्दै आएका छन्। विशेषत उनीहरुले भ्रष्टाचार र बेथितिको पनि चर्को विरोध गर्दै आएका छन् । यसै हप्पता काठमाण्डौं आएको समयमा धरानका मायर साम्पाङ र काठमाडौंका मेयर शाहसँग १ घण्टा गोप्य छलफल गरेका थिए । उनीहरु बिहान ९ बजेदेखि १० बजेसम्म गोप्य वान टू वान भेटबार्ता तथा छलफल गरेका थिए। 

उक्त वान टू वान भेटपछि साम्पाङले फेसबुकमा बालेनसँगको तस्बिर सामाजिक संजालमा राख्दै आफूहरु विशाल बन्ने उल्लेख गरेका थिए। ‘जीत हुन्छ क्रान्तिको शंकै नमान! हामी झन विशाल बन्छौँ धन्दै नमान!’ उनको स्टाटसले दिएको यो सन्देशसंगैं उनीहरुले नयाँ दल बनाउन दुई मेयर लागिपरेको बुझिन्छ। 

त्यस्तै, गत शुक्रबार समेत सामाजिक सञ्जालमा  धरानका मेयर साम्पाङले अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत समेत दिएका थिए। उनले लेखेका छन्; ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’, मेयर साम्पाङले फेसबुक पेजमा लेखेका थिए । 

मेयर साम्पाङले थप लेखेका छन्। देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने उनको स्टाटसमा लेखेका थिए। उनले थप सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भनेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को को हुनुहुन्छ ?’ उनले सामाजिक संजालमार्फत प्रश्न गरेका थिए। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...