News Portal

एमालेको झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा पाँचथर पुग्यो

हिमालीसंचार संवाददाता
२१४ पटक

मंसिर-३०,शनिबार/फिदिम – नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै आज शनिबार पाँचथर सदरमुकाम फिदिम पुगेको छ।

गत मंसिर १४ गतेदेखि शुरु भएको अभियान पुस १ गतेसम्म मध्यान्ह मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु चिवाभञ्ज्याङ पुगेर समापन गर्ने एमालेले जनाएको छ। यात्रामा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीसहित पार्टीका पदाधिकारी र जनवर्गीय संघठनसहित कार्यकर्ता र शुभेच्छुक गरेर दुई सय जना सहभागी रहेको एमाले पाँचथरका जिल्ला अध्यक्ष बिमल सापकोटाले जानकारी दिए।

यात्राका क्रममा ओलीसहित एमाले नेता कार्यकर्ता दुई दिनसम्म पाँचथर जिल्लामा रहनेछन्। आज शनिबार फिदिममा बृहत् आम सभाको आयोजना गरिएको छ।  सभामा ओली एक्लैले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  जिल्लामा रहँदा ओलीले एमाले पार्टी कार्यालय रहने पुष्पलाल बहुउद्देश्सीय भवन र याङवरक गाँउपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

एमालेको संकल्प यात्रा अगाडि बढिरहँदा पहिचान पक्षधरले नेतृत्व गरेको प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पाँचथर जिल्लामा पर्ने मध्य पहाडी लोकमार्ग बन्दको आह्वान गर्दै अवरोध गर्ने प्रयास गरेका छन्।  

जसका कारण जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । एमाले अध्यक्ष ओलीले आम सभालाई सम्बोधन गर्ने भएपछि सदरमुकाम फिदिमको सुरक्षा व्यवस्था चुस्त पारिएको श्रोतको भनाईछ।  

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...